
गुवाहाटी, 30 जुलाई (हि.स.)। गुवाहाटी महानगर भएर गुज्रिने राष्ट्रिय राजमार्गमा बिहीवार भएको एक भीषण सड़क दुर्घटनामा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो।
प्राप्त जानकारी अनुसार खानापाड़ा तर्फ गइरहेको एउटा ट्रकले अगाड़ि गुड़िरहेको अर्को ट्रकलाई पछाड़िबाट ठक्कर दियो। यस भयङ्कर ठक्करमा एकजना ट्रक चालकको घटनास्थलमै मृत्यु भयो।
सूचना पाए लगत्तै घटनास्थलमा पुगेको पुलिसले दुर्घटनाको कारण पत्तो लगाउन जाँच शुरू गऱ्यो। यस मामिलामा अग्रिम कारबाही भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा