पञ्जाबमा पेपर लीकलाई लिएर भाजपाको प्रदर्शन, शिक्षामन्त्रीको राजीनामाको माग
पञ्जाबमा पेपर लीकलाई लिएर भाजपाको प्रदर्शन, शिक्षामन्त्रीको राजीनामाको माग


नयाँ दिल्ली, 30 जुलाई (हि.स.)। पञ्जाबमा कथित रूपमा भएको पेपर लीकको मुद्दालाई लिएर भारतीय जनता पार्टी (भाजपा), दिल्ली प्रदेश अध्यक्ष एवं केन्द्रिय राज्यमन्त्री हर्ष मल्होत्राको नेतृत्वमा सांसद अनि कार्यकर्ताहरूले बिहीवार आम आदमी पार्टी (आआपा)-को कार्यालय बाहिर विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरूले पञ्जाबका शिक्षामन्त्री हरजोत सिंह ब्यान्सको राजीनामाको माग गर्दै आआप नेतृत्वमाथि विद्यार्थीहरूको भविष्यसित खेलवाड़ गरेको आरोप लगाए।

प्रदर्शन अवधि हर्ष मल्होत्राले भने, दिल्ली भाजपाका कार्यकर्ताहरू पूर्व मुख्यमन्त्री केजरीवाल समक्ष पञ्जाबका शिक्षा मन्त्रीको राजीनामाको माग गर्न आएका हुन्। उनले भने, जन्तर-मन्तरमा मनीष सिसोदियाले भनेका थिए, यदि पञ्जाबमा पेपर लीक भए शिक्षामन्त्रीको राजीनामा लिइनेछ। तर पञ्जाबमा 12औं कक्षाको अङ्ग्रेजीको पेपर लीक भए पनि आजसम्म केजरीवालले कुनै कारबाही गरेका छैनन्। उनले आरोप लगाए, पञ्जाबमा केजरीवाल सरकारले शिक्षा क्रान्ति होइन, पेपर लीक क्रान्ति चलाइरहेको छ। उनले भने, पहिला 12औं कक्षाको अङ्ग्रेजीको पेपर अनि फेरि पञ्जाब स्टेट सिलेक्शन बोर्डको फार्मास्युटिकल परीक्षाको पेपर लीक भएको छ।

भाजपा सांसद कमलजीत सहरावतले आरोप लगाए, आम आदमी पार्टीको सरकार वर्ष 2022-देखि सत्तामा छ। पछिल्लो चार वर्षदेखिको पेपरमा गड़बड़ी तथा पेपर लीकको 6 वटा भन्दा अधिक मामिला सार्वजनिक भइसकेको छ। यसले गर्दा विद्यार्थीहरू चिन्तित छन्, तर सरकारले जिम्मेवारी लिनदेखि अस्वीकार गरिरहेको छ।

भाजपा सांसद बाँसुरी स्वराजले भनिन्, प्रदर्शनको कारण आआपको कथित दोहोरो राजनीति हो। उनले पञ्जाब सरकारसित प्रश्न गरिन्, फार्मेसी परीक्षाको मामिलामा जवाफदेही किन तय गरिएन?, अहिलेसम्म पञ्जाबका शिक्षामन्त्रीको राजीनामा किन लिइएन?

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande