दक्षिणेश्वर स्टेशनमा ओभरहेड तार चुँड़िएर खैलाबैला, ठूलो दुर्घटना हुनदेखि बच्यो
दक्षिणेश्वर स्टेशनमा ओभरहेड तार चुँड़िएर खैलाबैला, ठूलो दुर्घटना हुनदेखि बच्यो


कोलकाता, 30 जुलाई (हि.स.)। दक्षिणेश्वर रेलवे स्टेशनमा बिहीवार बिहान त्यसबेला हलचल मचियो जतिबेला डाउन लाइनको ओभरहेड इलेक्ट्रिक (ओएचई) तार अचानक चुँड़ियो। घटना हुँदा तीव्र ध्वनिसितै आगोका झिल्काहरू निक्लिए जसले गर्दा प्लेटफर्म तथा वरपर बसेका यात्रीहरू भयभित भए। मानिसहरू आफूलाई बचाउन तुरून्त सुरक्षित स्थानहरू तर्फ भाग्न थाले।

घटनाको कारणले केही समयसम्म डाउन लाइनमा रेल सेवाहरू प्रभावित भए। सूचना पाएपछि रेलवेका अधिकारी तथा तकनिकी टीमले घटनास्थलमा पुगेर क्षतिग्रस्त ओएचई लाइनलाई युद्धस्तरमा मरम्मत गर्न शुरू गरे। सतर्कताको रूपमा सम्बन्धित ट्र्याकको बिजुली आपूर्तिलाई अस्थायी रूपमा बन्द गरियो.

प्रारम्भिक जानकारी अनुसार यस घटनामा कुनै यात्री वा रेलवे कर्मचारी घाइते भएको सूचना प्राप्त भएको छैन। रेलवे प्रशासनले ओभरहेड तार चुँड़िएको कारण पत्तो लगाउन जाँच शुरू गरेको छ। अधिकारीहरूको भनाइ छ, भविष्यमा यस किसिमका घटनाहरूको पुनरावृत्तिलाई रोक्नका लागि आवश्यक तकनिकी तथा सुरक्षा उपाय गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande