
पश्चिम बर्दवान, 30 जुलाई (हि.स.)। अभिनेत्री औ सामाजिक कार्यकर्ता श्रीलेखा मित्राविरूद्ध हीरापुर थानामा बिहीवार अपरान्ह एक लिखित सिकात दर्ता गरिएको छ। सिकायतमा आरोप लगाइएको छ, गत 24 जुलाई, 2026- को दिन कोलकातामा आयोजित एक सार्वजनिक ऱ्यालीमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आपत्तिजनक, अश्लील औ अपमानजनक पोस्टर सार्वजनिक रूपमा प्रदर्शित गरिन्।
सिकायतकर्ता गौरव ब्यानर्जीले दाबी गरे, श्रीलेखा मित्राले ऱ्यालीमा उक्त पोस्टर हातमा लिएर क्यामरा सामु प्रदर्शन गरिन् जसको तस्वीर र भिडियो सोशल मीडियामा व्यापक रूपमा प्रसारित भएको छ। सिकायतमा भनिएको छ, यो कृत्य सुनियोजित ढङ्गमा गरिएको हो जसले प्रधामन्त्रीको पदको गरिमालाई ठेस पुऱ्याएको छ।
सिकायतमा पुलिससित मामिलाको जाँच गरी उचित कानूनी कारबाही गर्ने माग गरिएको छ। हाल यस मामिलामा पुलिसको पक्षबाट कुनै कारबाही गरिएको आधिकारिक पुष्टि गरिएको छैन।
उल्लेखनीयछ, नीट पेपर लीकको विरोधमा गत साता कोलकातामा आयोजित प्रदर्शनमा श्रीलेखा मित्रमाथि प्रधानमन्त्रीको आपत्तिजनक पोस्टर प्रदर्शन गरेको आरोप छ। यसअघि पनि कोलकातामा उनीविरूद्ध एफआईआर दर्ता गरिएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा