सोनादा रंगबुल ट्याक्सी एसोसिएसनको वार्षिक सभा साथै सम्बर्द्धना कार्यक्रम
Taxi association


सोनादा, 30 जुलाई (हि.स.)। सोनादा रंगबुल ट्याक्सी एसोसिएसनको वार्षिक सभा साथै सम्बर्द्धना कार्यक्रम सोनादामा सम्पन्न भयो। 18 अगस्त, १989 मा स्थापित भएको एसोसिएसनको सभा एसोसिएसनका सभापति रबीन राईको अध्यक्षतामा सम्पन्न गरियो।

सभामा 2025 अनि 2026 को रिपोर्ट महासचिव मेग्रेन्द्रमणि थापाले पढेर सुनाए भने 2025 अनि 2026 को हरहिसाब कोष अध्यक्ष रोहित तामाङले पढ़ेर सुनाए।

दोस्रो चरणमा सम्पन्न सम्वर्द्धना कार्यक्रममा पूर्व सभापति बिजय राई, पूर्व सचिव सुरेन कुमार राई, पूर्व कोषाध्यक्ष प्रेम गुरुङ,भिम राईलाई स्मृति चिनो, टोपी,दोशाला लगाएर सम्बर्द्धना जनाइयो।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande