
कोलकाता, 30 जुलाई (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेस परास्त भएपछि पार्टीमा व्याप्त आन्तरिक किचलोबीच विधायक ऋतब्रत ब्यानर्जी नेतृत्वाधिन विद्रोही गुटले कोलकाताको मेट्रोपोलिटन भवनमा अवस्थित प्रदेश कार्यालयको नियन्त्रण आफ्नो हातमा लिएको छ।
प्राप्त जानकारी अनुसार, ममता ब्यानर्जी नेतृत्वाधिन गुटले भवन मालिकसित आफ्नो अनुबन्ध समाप्त गरिदियो। त्यसपछि विद्रोही गुटले वर्ष 2007-सम्मको लागि भवन मालिकसित प्रारम्भिक पट्टा सम्झौता गऱ्यो। त्यसैले अब यो गुटले प्रदेश कार्यालयबाट आफ्नो सङ्गठनात्मक कार्य सञ्चालन गर्नेछ।
सूत्र अनुसार विद्रोही गुटका विधायक औ नेताहरू नियमित रूपमा मेट्रोपोलिटन भवनस्थित कार्यालयमा आउनेछन्। यसको लागि कार्ययोजना बनाइनेछ ताकि प्रतिदिन भिन्न-भिन्न नेताहरूले कार्यालयमा उपस्थित रहेर सङ्गठनात्मक गतिविधि सञ्चालन गर्न सकुन्।
भनिन्छ, नयाँ गुटको राष्ट्रिय कार्यसमितिको बैठकको तिथि आगामी दुई दिनभित्रमा तय गरिनेछ। अर्कोतिर दुवै गुटले पार्टीको नाम, चुनाउ चिन्ह तथा पार्टी कोषमाथिको अधिकारलाई लिए भारत निर्वाचन आयोग समक्ष आ-आफ्नो दाबी पेश गरेका छन्।
यसबीच पार्टीको वित्तीय स्थिति पनि चुनौतीपूर्ण भएको छ। तृणमूल कङ्ग्रेसको 15 वटा ब्याङ्क खाताहरूमाथि निकासी सम्बन्धी प्रतिबन्ध लागेको छ। यीमध्ये तीन वटा खातमाथि प्रवर्तन निदेशालयको निर्देशमा रोक लगाइएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा