विकासका कार्यहरु धाँधलीबिना जनतासम्म पुग्नु पर्ने माग
भाजपा प्रतिनिधि


खरसाङ, 30 जुलाई (हि.स.)। भारतीय जनता पार्टी र गोर्खा जनमुक्ति मोर्चाले आज खरसाङको खण्ड विकास अधिकारीलाई भेटेर विकासका कार्यहरु धाँधलीबिनै जनतासम्म पुग्नुपर्ने माग गरेका छन्। यस क्रममा भाजपा र गोजमुमोका प्रतिनिधिहरु खरसाङ खण्ड अन्तर्गत 14 वटै ग्राम पञ्चायतको खण्ड विकास कार्यालय पुगेर खण्ड विकास अधिकारीलाई भेटेका छन्।

यसका साथै, खण्ड अन्तर्गत पर्ने स्थानहरुमा विकासका कार्यहरु राम्ररी रेखदेख गर्न कमिटी पनि गठन गरिएको साथै यो कमिटीले खण्ड विकास कार्यालयमा आएर विकासका कार्यहरु विषयमा सोधपुछ गरिरहने बताइएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टीको तर्फबाट बुथ सभापति राजकुमार प्रधान र गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति सत्यवान छेत्रीले भने, भारतीय जनता पार्टी र गोर्खा जनमुक्ति मोर्चाको गठबन्धन दलले खरसाङको खण्ड विकास अधिकारीलाई भेटेर विभिन्न विकासका कार्यहरु कुनै धाँधलीबिना नै जनतासम्म पुग्नु पर्ने माग गरिएको छ। यसका साथै विकासको कार्यमा पहिलाको जस्तै मनोपली नहोस् र विकासका कार्यहरु जनता समक्ष पुग्नु पर्ने माग खण्ड विकास अधिकारी समक्ष राखेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande