बाढ़ी प्रभावित जिल्लाहरूको स्कूल यूनिफर्मको निम्ति असमसरकारले जारी गऱ्यो 8 करोड़, प्रभावित परिवारहरूले पाउनेछन् 15 हजार रुपियाँ
बाढ़ी प्रभावित जिल्लाहरूको स्कूल यूनिफर्मको निम्ति असमसरकारले जारी गऱ्यो 8 करोड़, प्रभावित परिवारहरूले पाउनेछन् 15 हजार रुपियाँ


गुवाहाटी, 31 जुलाई (हि.स.)। असम सरकारले माथिल्लो असमका बाढ़ी प्रभावित क्षेत्रहरूको लागि राहत अनि पुनर्वास उपाय अन्तर्गत नयाँ श्रृङ्खलाको घोषणा गरेको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार भने, प्रभावित परिवारहरूलाई आर्थिक सहायता, स्कूलहरूको पुनर्स्थापन औ क्षय-क्षतिको मूल्याङ्कन गर्नको लागि समयबद्ध योजना लागू गरिनेछ।

मुख्यमन्त्रीले बताए, बाढ़ी प्रभावित पात्र परिवारहरूलाई आगामी 2-3 अगस्तदेखिको 15 हजार रुपियाँ तत्काल वित्तीय सहायता राशि प्रदान गर्न शुरू गरिनेछ।

उनले भने, चाराइदेव, शिवसागर, जोरहाट औ गोलाघाट यी चार वटा सबैभन्दा बढ़ी प्रभावित जिल्लाहरूमा आगामी 7 अगस्तदेखि व्यापक क्षति सर्वेक्षण शुरू गरिनेछ। सर्वेक्षणलाई 15 दिनभित्रमा पूरा गर्ने निर्देश दिइएको छ।

शिक्षा व्यवस्थालाई सामान्य बनाउनको लागि राज्य सरकारले स्कूल यूनिफर्मको लागि 8 करोड़ रुपियाँ जारी गरेको छ भने विद्यार्थीहरूको पढ़ाई बाधित हुन नदिनको लागि निःशुल्क पाठ्यपुस्तकहरू पठाइसकिएको छ।

मुख्यमन्त्रीले यो पनि घोषणा गरे, बाढ़ी अनि हिलोबाट प्रभावित स्कूलहरूलाई सफाई अनि मरम्मत कार्यको लागि 2-3 लाख रुपियाँसम्मको वित्तीय सहायता दिइनेछ।

उनले भने, यदि वस्तुस्थिति अनुकूल रहे बाढ़ी प्रभावित माथिल्लो असमका यी चार वटा जिल्लाहरूमा पढ़ाई पुनः शुरू गर्ने प्रयास गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande