नटसूर्य फणी शर्माको पुण्यतिथिमा मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली
नटसूर्य फणी शर्माको पुण्यतिथिमा मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली


गुवाहाटी, 31 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार महान रङ्गकर्मी एवं फिल्म अभिनेता नटसूर्य फणी शर्माको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

मुख्यमन्त्रीले सोशल मीडियाको आफ्नो सन्देशमा भने, फणी शर्मा असमिया रङ्गमञ्च र फिल्म जगतका उज्ज्वल नक्षत्र थिए। असमिया संस्कृति, रङ्गमञ्च र सिनेमाको क्षेत्रमा उनको अतुलनीय योगदान सदैव स्मरणीय रहनेछ।

डा. सरमाले भने, फणी शर्माको सृजनात्मक कृति एवं उनका आदर्शले आउने पिँढ़ीहरूलाई निरन्तर प्रेरित गरिरहनेछ। उनले भने, असमको सांस्कृतिक धरोहरलाई समृद्ध तुल्याउनमा उनको योगदान अमूल्य रहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande