
गुवाहाटी, 31 जुलाई (हि.स.)। असमका पुलिस महानिदेशक (डीजीपी) हरदीप सिंहले राज्यमा आएको भयानक बाढ़ीबाट प्रभावित मानिसहरूको राहत एवं पुनर्वासको निम्ति असम पुलिसका सबै अधिकारी अनि कर्मचारीहरूसित जुलाई, 2026-को एक दिनको वेतनलाई दान गर्ने अपील गरेका छन्।
यो अपील गत 28 जुलाईको दिन डीजीपीको अध्यक्षतामा आयोजित बैठकमा लिइएको निर्णयको अनुपालनमा आज यस सम्बन्धमा बयान जारी गरिएको छ। राज्यमा आएको अभूतपूर्व बाढ़ीको स्थितिलाई मध्यनजर गर्दै यो कदम उठाइएको हो।
असम पुलिसका सबै अधिकारीहरूलाई निर्देश दिइएको छ, उनीहरूले आ-आफ्नो कार्यालयका अधिकारी अनि कर्मचारीहरूसित अनुरोध गरी उनीहरूको जुलाई महिनाको एक दिनको वेतन काटेर असम पुलिस सेन्ट्रल डिस्ट्रेस फण्डमा जमा गराउन्।
डीजीपीले भने, बाढ़ीको कारणले ठूलो सङ्ख्यामा मानिसहरू गम्भीर रूपमा प्रभावित भएका छन्। यस कठिन परिस्थितिमा आवश्यकतामा रहेका मानिसहरूलाई सहयोग गर्नु हामी सबैको सामूहिक जिम्मेवारी हो। साथै सबै डीडीओलाई राशि जमा भएपछि त्यसको विवरण सहित अनुपालन रिपोर्ट पुलिस मुख्यालयमा पठाउने निर्देश दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा