सन्त रविदासको 650औं जयन्तीमा भाजपाले सात महिनाव्यापी उत्सव मनाउने
सन्त रविदासको 650औं जयन्तीमा भाजपाले सात महिनाव्यापी उत्सव मनाउने


नयाँ दिल्ली, 31 जुलाई (हि.स.)। सन्त रविदासको 650औं जन्म जयन्तीको अवसरमा भारतीय जनता पार्टी (भाजपा)-ले देशभरि नै सात महिनाव्यापी उत्सव आयोजना गर्ने निधो गरेको छ। यसै क्रममा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले वारणसीस्थित सन्त रविदासको जन्मस्थलीमा आयोजित कार्यक्रममा देशभरिबाट आएका प्रदेश सङ्गठनहरूलाई उनको जन्मस्थलीको पवित्र माटोले भरिएको कलश सुम्पिए। यी कलशहरूलाई सम्बन्धित राज्यहरूका गाउँ-गाउँ तता गल्ली-गल्लीमा पुऱ्याइनेछ।

दिल्ली भाजपाको 11 सदस्यीय टीम पनि सन्त रविदासको जन्मस्थलीको पवित्र माटोले भरिएको कलशलाई लिएर शुक्रवार दिल्ली आइपुग्यो। दिल्ली-नोएडा सीमामा दिल्ली सरकारका मन्त्री रविन्द्र इन्द्राज सिंह, भाजपाका राष्ट्रिय महामन्त्री दुष्यन्त गौतम, दिल्ली भाजपा अनुसूचित जाति मोर्चाका अध्यक्ष लाजपत राय, विधायक राजकुमार भाटिया एवं रविकान्त, दिल्ली भाजपाका उपाध्यक्ष विनोद बछेती एवं कौशल शर्मा, मन्त्री गौरव खारी, प्रदेश प्रवक्ता यासिर जिलानी, कार्यालय मन्त्री कैलाश जैन, मयूर विहार जिल्लाध्यक्ष विजेन्द्र धामा औ शाहदरा जिल्लाध्यक्ष दीपक गाबा सहित अन्य नेताहरूले 11 सदस्यीय टीमलाई स्वागत गरे।

भाजपा अनुसार आज दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्रा औ अनुसूचित जाति मोर्चाका राष्ट्रिय अध्यक्ष लाल सिंह आर्याले 11 सदस्यीय टीमलाई सन्त रविदास विश्रामधाम, करोलबागमा अभिनन्दन गर्नेछन्। यस अवधि सन्त रविदासको जन्मस्थलीबाट ल्याइएको पवित्र माटोको कलशलाई श्रद्धालुहरूको दर्शनको लागि राखिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande