उत्तर बङ्गालमा भारी वर्षाको चेताउनी, दक्षिणमा आद्रताबीच वर्षा हुने सम्भावना
उत्तर बङ्गालमा भारी वर्षाको चेताउनी, दक्षिणमा आद्रताबीच वर्षा हुने सम्भावना


कोलकाता, 31 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा मनसुन सक्रिय भएको छ। मौसम विभाग अनुसार शुक्रवार राज्यका उत्तर एवं दक्षिण बङ्गालका अधिकांश जिल्लाहरूमा वर्षा हुने सम्भावना छ। उत्तर बङ्गालका पर्वतीय क्षेत्रहरूमा कतै-कतै घना वर्षा हुने चेताउनी जारी गरिएको छ भने दक्षिण बङ्गालमा हल्कदेखि मध्यम वर्षासितै आद्रतापूर्ण मौसम कायम रहने अनुमान छ।

उत्तर बङ्गालका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार औ कुचबिहार जिल्लामा दिनभरि बादल लाग्ने तथा केही स्थानहरूमा घना वर्षा हुने सम्भावना छ। यी जिल्लाहरूमा तापमान 22-28 डिग्री सेल्सियसबीच रहने अनुमान छ। पर्वतीय क्षेत्रहरूमा पैह्रो जाने आशङ्कालाई मध्यनजर गर्दै मानिसहरूलाई सतर्क रहने सल्लाह दिइएको छ।

उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर औ मालदामा मध्यम वर्षासितै मेघगर्जन तथा 30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्नसक्छ। यी जिल्लाहरूमा अधिकतम तापमान 31-33 डिग्री सेल्सियस रहने अनुमान छ।

दक्षिण बङ्गालका कोलकाता, हावड़ा, हुगली, उत्तर 24 परगना एवं दक्षिण 24 परगनामा हल्कादेखि मध्यम वर्षा तथा कतै-कतै मेघ गर्जन हुने सम्भावना छ। अधिकतम तापमान लगभग 32 डिग्री तथा न्यूनतम 28 डिग्री सेल्सियस रहने अनुमान छ। आद्रता अधिक रहनाले बाफिने छ।

पूर्व र पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा तथा पश्चिम बर्धमानमा आंशिक बादल लागिरहने साथै अपरान्ह हल्का वर्षा हुनसक्छ। यी जिल्लाहरूमा तापमान 32-34 डिग्री सेल्सियसबीच रहने सम्भावना छ।

पूर्व बर्धमान, बीरभूम, नदिया तथा मुर्शिदाबादमा हल्कादेखि मध्यम वर्षासितै वज्रपात हुने आशङ्का व्यक्त गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande