
कोलकाता, 31 जुलाई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमंत्री शुभेन्दु अधिकारीले बीरभूममा भएको राजस्व घोटालालाई लिएर ठूलो दाबी गरेका छन्।उनले आरोप लगाए, जिल्लामा बितेको 15 वर्षको अवधिमा लगभग 15 हजार करोड़ रुपियाँ सरकारी राजस्वबाट चोरी भएको छ। मुख्यमन्त्रीको भनाइ छ, यस्तो व्यापक रूपमा अवैध खन्न र राजस्वमा धाँधली गर्नु तत्कालीन सरकारको संरक्षण बिना सम्भव थिएन।
शुक्रवार कोलकातामा आयोजित सम्वाददाता सम्मेलनमा मुख्यमन्त्रीले भने, अवैध ढुङ्गा व्यापार तथा राजस्व चोरीको एक सङ्गठित नेटवर्क पछिल्लो लामो समयदेखिकै सक्रिय थियो। यस सम्पूर्ण मामिलामा केही सरकारी विभागहरूको भूमिकाको पनि जाँच गरिँदैछ। उनले आरोप लगाए, शीर्ष स्तरबाट प्राप्त संरक्षणको कारणले सम्बन्धित अधिकारीहरूले कारबाही गर्नको सट्टा आँखा चिम्लाइरहेका छन्।
मुख्यमन्त्रीले पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीलाई लक्षित गर्दै भने, संस्थागत भ्रष्टाचार त्यसबेला मात्र हुर्किन्छ जतिबेला व्यवस्थाको सर्वोच्च स्तरबाट उसले संरक्षण पाउँछ। तथापि उनको यस आरोपलाई लिएर तृणमूल कङ्ग्रेस वा ममता ब्यानर्जीको पक्षबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।
मुख्यमन्त्रीले बताए, भगौड़ा ढुङ्गा व्यापारी टुलु मण्डलविरूद्ध भइरहेको कारबाहीमा अहिलेसम्ममा 28.5 करोड़ रुपियाँ नगद र 15 किलोग्राम सुन जफत गरिसकिएको छ। यस अतिरिक्त उसको 93 करोड़ रुपियाँ जमा भएको ब्याङ्क खाताहरूलाई फ्रीज गरिएको छ।
जाँच एजेन्सीहरूले टुलु मण्डलको 21 वटा सम्पत्तिहरूलाई चिन्हित गरेका छन् जसमा सात वटा घर, एउटा फार्महाउस, दुई वटा पेट्रोल पम्प,एउटा पार्किङ्ग परिसर, ढुङ्गाको खदान, क्रशर एकाईहरू तथा लगभग 3 सय बिघा जमीन सामेल छन्। यी परिसम्पत्तिहरूलाई जफत गर्ने प्रक्रिया भइरहेको छ। यस अतिरिक्त 242 वटा वाहन जसमा केही लग्जरी कारहरू पनि साेल छन्,-लाई चिन्हित गरिएको छ। मुख्यमन्त्री अनुसार नगद, सुन, गहना तथा अन्य सम्पत्तिहरू सहित अहिलेसम्ममा 150 करोड़ रुपियाँको अवैध सम्पत्ति जफत गरिसकिएको छ।
यता पूर्व बर्धमानबाट जैश-ए-मोहम्मदका एकजना संदिग्ध सदस्यलाई पक्राउ गरिएको मामिलामा मुख्यमन्त्रीले कुनै टिप्पणी गर्नदेखि अस्वीकार गर्दै भने, मामिला संवेदनशील छ जसको जाँच विशेष कार्यबल (एसटीएफ)-ले गरिरहेको छ। मामिलाको विस्तृत जानकारी एक अगस्तमा साझा गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा