
कोलकाता, 31 जुलाई (हि.स)। बीरभूमका चर्चित ढुङ्गा व्यापारी तथा तृणमूल नेता अनुव्रत मण्डलका निकटवर्ती मानिने टुलु मण्डलविरूद्ध पुलिसको कारबाही लगातार तीव्र हुँदै गइरहेको छ। करोड़ौं रुपियाँ अवैध सम्पत्ति भेटिएपछि अब जिल्ला पुलिसले सिउड़ीस्थित उनको दुई वटा भव्य भवनको विस्तृत जाँच शुरू गरेको छ।
शुक्रवार बीरभूम जिल्ला पुलिसका लगभग 50 जना अधिकारी अनि पुलिसकर्मीहरूको टीमले सिउड़ीको सुभाषपल्लीस्थित टुलु मण्डलको लग्जरी आवासमा घण्टौंसम्म खानतलासी गऱ्यो। यस अवधि परिवारका कुनै पनि सदस्य घरमा उपस्थित थिएन। पुलिसले घरको हेरचाह गर्ने कर्मचारीहरूसित जाँचबुझ गर्नको साथै महत्वपूर्ण दस्तावेजहरूको पनि जाँच गऱ्यो।
प्रारम्भिक जाँचमा पुलिसलाई टुलु मण्डलको बीरभूममा दुई वटा भव्य घर रहेको जानकारी प्राप्त भयो। दुवै घरमा लिफ्ट, आधुनिक जिम, महँगो फर्नीचर, शानदार इन्टीरियर औ अन्य लग्जरी सुविधाहरू छन्। जाँच एजेन्सीले यी सम्पत्तिहरूको स्वामित्व, निर्माणमा खर्च भएको धनको श्रोत तथा सम्बन्धित वित्तीय दस्तावेजहरूको जाँच गरिरहेको छ।
पुलिस सूत्र अनुसार जाँचको सीमा आवासहरूसम्म मात्र सीमित छैन। ब्याङ्क खाता, जमीनको दस्तावेज, व्यापारिक लेन-देन एवं बेनामी सम्पत्तिहरूको पनि जाँच गरिँदैछ। अधिकारीहरूको मान्यता छ, आगामी दिनमा यस मामिलामा अझ व्यापक स्तरमा खुलासा हुनसक्छ। हाल पुलिसले जाँचलाई तीव्रता दिनको साथै सम्बन्धित सबै दस्तावेजहरूको सत्यापन गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा