
गुवाहाटी, 31 जुलाई (हि.स.)। इस्ट गुवाहाटी पुलिस जिल्ला (ईजीपीडी)- को दिसपुर थाना पुलिसले अभियान स़ञ्चालन गरी एकजना कथित चोरलाई चोरीको सामानसितै पक्राउ गरेको छ। गुवाहाटी पुलिस कमिश्नरेटले शुक्रवार यस आशयको जानकारी दिएको हो।
पक्रा पर्ने आरोपीहरूको पहिचान रुक्मिणीगांव निवासी बिकी पासवान (25), दातालपाड़ा निवासी इसुब अली (26) तथा कालापहाड़ निवासी सुशिल मण्डल उपनाम बाप्पी (50)- को रूपमा भएको छ।
पुलिसले अभियान अवधि चोरीको चाँदीको गहना, 30 ग्राम पग्लेको सुन र 66 हजार रुपियाँ नगद जफत गरेको छ। पुलिसानुसार यो नगद चोरीको सामान बिक्री गरेर कमाएको हुनसक्छ।
पुलिसले बतायो, आरोपीहरूविरूद्ध कानूनी कारबाही शुरू गरिएको छ भने मामिलाको अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा