
बीरभूम, 31 जुलाई (हि.स.)। बस हिंड़्ने समयलाई लिएर दुई वटा बसका कर्मीहरूमाझ भएको विवादमा एकजना कर्मीको ज्यान गएको छ। जानकारी अनुसार शुक्रवार बिहान बीरभूम जिल्लाको सिउड़ी बस स्ट्याण्डमा एउटै रूटका दुई वटा बसका कर्मचारीहरूबीच भनाबैरी भयो। हेर्दा-हेर्दै स्थिति हातपातसम्म पुग्यो। घटना भएको केही समयपछि एकजना बस कर्मीको स्वास्थ्य अचानक बिग्रियो जसले गर्दा उसको मृत्यु भयो।
स्थानीय सूत्र अनुसार मृत बस कर्मीको नाम गौतम राय हो। शुक्रवार सिउड़ी बस स्ट्याण्डबाट आसनसोल जाने एउटा बसलाई प्रस्थान हुनुथ्यो। आरोप छ, निर्धारित समयभन्दा केही ढिलो गरी बस गएकोले अर्को बसका कर्मीसित गौतम रायसित विवाद शुरू भयो। हेर्दा-हेर्दै विवाद हातपातमा परिणत भयो।
त्यसपछि गौतम राय आफ्नो बसमा गएर बसे। केही समयपछि गुड़िरहेको बसभित्रै तिनी बिमारी भए। तिनी काँप्न थाले अनि केही समयपछि नै बसमा अचेत भएर मुर्छित परे। सहकर्मीहरूले तिनलाई तत्काल सिउड़ी सुपर स्पेशियलिटी अस्पतालमा पुऱ्याए जहांँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा