महिलासित दुर्व्यवहार गरेको मामिलामा आआप विदायक वीरेन्द्र कादयानमाथि भाजपाको हमला, कारबाही गर्ने माग
महिलासित दुर्व्यवहार गरेको मामिलामा आआप विदायक वीरेन्द्र कादयानमाथि भाजपाको हमला, कारबाही गर्ने माग


नयाँ दिल्ली, 31 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) दिल्लीका प्रवक्ता एवं पूर्व विधायक नितिन त्यागीले दिल्ली क्यान्टबाट आम आदमी पार्टी (आआपा)- का विधायक वीरेन्द्र कादयान र उनका पुत्र अङ्कित कादयानमाथि एकजना महिला फूल विक्रेतालाई कथित रूपमा कुटपिट गरेको तथा उत्पीड़न गरेको आरोप लगाउँदै कड़ा कारबाही गर्ने माग गरे।

नितिन त्यागीले शुक्रवार पत्रकारहरूसित बातचित गर्दै दाबी गरे, आआप विधायकका स्टाफले महिलाको स्टलबाट फूलगुच्छा मगाएर त्यसको पैसा भुक्तान गरेन। उनले आरोप लगाए, महिलाले पैसा माग्दा उसको फूलको स्टललाई दिल्ली क्यान्ट बोर्डका अधिकारीहरू मार्फत हटाइदिए।

नितिन त्यागीले बताए, महिला सिकायत लिएर विधायकको आवासमा पुगिन् जहाँ विधायकका छोरा अङ्कित कादयान र उनका साथीहरूले कथित रूपमा महिलामाथि कुटपिट गरे। त्यागीले यो पनि आरोप लगाए, महिलासित उसको दुई वर्षीय बालक पनि थियो। उनले दाबी गरे, यस मामिलामा पुलिसले केही दिनसम्म एफआईआर दर्ता गरेन। पथि स्थानीय भाजपा कार्यकर्ताहरूको दबावमा मामिला दर्ता गरियो।

नितिन त्यागीले भने, शनिवार बिहान करोल बाग भाजपाको एक प्रतिनिधिमण्डले दक्षिण-पश्चिम दिल्लीका पुलिस उपायुक्त (डीसीपी)-सित भेट गरी विधायक र उनका छोराविरूद्ध कड़ा कानूनी कारबाही गर्ने माग गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande