
नयाँ दिल्ली, 31 जुलाई (हि.स.)। आम आदमी पार्टी (आआपा)- का दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजले भने, दिल्लीको पालम क्षेत्रमा पछिल्लो 18 मार्चमा भएको भयानक अग्निकाण्ड मामिलामा दिल्ली सरकारको झुटको पोल खोलिएको छ। यस अग्निकाण्डमाथि सार्वजनिक जिल्लाधिकारी (डीएम)- को जाँच रिपोर्टले स्पष्ट रूपमा भनेको छ, यदि अग्निशमन विभागको स्काई लिफ्ट फेल नभएको भए ज्यान गुमाउने नौ जना मानिसहरूमध्ये धेरै जनाको ज्यान बचाउन सकिन्थ्यो। उनले अग्निशमन विभागको असफलतालाई लुकाउनको लागि सरकार अनि मन्त्रीहरूले लगातार झुटो बोलेर दिल्लीका मानिसहरूलाई भ्रमित पारे।
दिल्ली प्रदेश अध्यक्ष सौरभ भारद्वाजले शुक्रवार सोशल मीडिया प्लेटफर्म एक्समा भने, आआपले पहिलो दिनदेखि नै भनिरहेको छ कि यदि फायर ब्रिगेडको स्काई लिफ्ट फेल नबएको भए पालम अग्निकाण्डमा ज्यान गुमाउने नौ जना मानिसहरूको ज्यान बचाउन सकिन्थ्यो। उनले भने, सरकारले लगातार झुटो बोलेर दमकल विभागको असफलतालाई ढाकछोप गर्ने काम गऱ्यो।
सौरभ भारद्वाजले यसमाथि पनि असन्तुष्टि व्यक्त गरे, डीएमको यो रिपोर्ट आउन वा सार्वजनिक हुन लगभग आधा वर्ष नै लाग्यो जुन वास्तवमा अत्यन्त लज्जाजनक छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा