'विद्या वाहिनी' योजनाको शुभारम्भ, मुख्यमन्त्रीले छात्राहरू वितरण गरिन् निःशुल्क साइकल
'विद्या वाहिनी' योजनाको शुभारम्भ, मुख्यमन्त्रीले छात्राहरू वितरण गरिन् निःशुल्क साइकल


नयाँ दिल्ली, 31 जुलाई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार पूर्वी विनोद नगरस्थित स्पोर्ट्स कम्प्लेक्समा आयोजित समारोहमा दिल्ली सरकारको महत्वाकाङ्क्षी 'विद्या वाहिनी' योजनाको शुभारम्भ गरिन्।

यस अवसरमा दिल्ली भाजपाका प्रदेश अध्यक्ष तथा केन्द्रिय राज्य मन्त्री हर्ष मल्होत्रा तथा दिल्ली सरकारका शिक्षा मन्त्री आशिष सूदको उपस्थितिमा दिल्ली सरकारका विद्यालयहरूमा कक्षा नवौंमा अध्ययनरत 3,000 भन्दा अधिक छात्राहरूलाई निःशुल्क साइकल वितरण गरियो।

यस अवधिमा मुख्यमन्त्री रेखा गुप्ताले छात्राहरूसित आत्मीय सम्वाद गर्दै उनीहरूको पढ़ाई, भविष्यको योजना तथा सपनाको बारेमा जानकारी लिइन् भने उनीहरूलाई पूर्ण आत्मविश्वासको अनि समर्पणको साथमा शिक्षा प्राप्त गरी जीवनमा ्अगाड़ि बढ़्नको लागि प्रेरित गरिन्। मुख्यमन्त्रीले छात्राहरूको प्रतिभा र स्नेहको सराहना गर्दै उनीहरूलाई उज्जवल भविष्यको लागि शुभकामना दिइन्।

मुख्यमन्त्रीले भनिन्, आजको यो कार्यक्रम नारी शक्तिको सम्मान औ प्रत्येक छोरीलाई शिक्षाको माध्यमबाट सशक्त बनाउने हाम्रो सामूहिक सङ्कल्पको उत्सव हो। उनले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीले विकसित भारतको निर्माणणा महिला-नेतृत्वाधिन विकासलाई केन्द्रमा राखेका छन् भने शिक्षालाई महिला सशक्तिकरणको सबैभन्दा प्रभावकारी माध्यम मानेका छन्। 'विद्या वाहिनी' योजना सोही दूरदर्शी सोचबाट प्रेरित भएर शुरू गरिएको हो।

मुख्यमन्त्रीले भनिन्, 'विद्या वाहिनी' योजना अन्तर्गत चरणबद्ध ढङ्गमा दिल्ली सरकारका विद्यालयहरूमा अध्ययनरत लगभग 1.40 लाख छात्राहरूलाई निःशुल्क साइकल उपलब्ध गराइनेछ भने यो योजना आगामी वर्षहरूमा पनि यसरी नै कायम रहनेछ।

दिल्लीका शिक्षा मन्त्री आशिष सूदले आफ्नो सम्बोधनमा भने, प्रधानमन्त्री नरेन्द्र मोदीको 'महिला-नेतृत्वाधिन विकास औ 'विकसित भारत'- को भिजनलाई मुख्यमन्त्री रेखा गुप्ताको नेतृत्वमा दिल्ली सरकारले 'विद्या वाहिनी' योजनाको माध्यमबाट धरातलमा क्रियान्वयन गरिरहेको छ।

उनले भने, पूर्वमा शिक्षाको क्षेत्रमा ठूलो-ठूलो वाचा गरिएको भए पनि धेरै वटा सरकारी विद्यालयहरूमा आधारभूत सुविधा अनि विद्यार्थीहरूको वास्तविक आवश्यकताहरूलाई बेवास्ता गरियो। वर्तमान सरकारले प्रचारको सट्टा शिक्षालाई राष्ट्र निर्माणको माध्य मान्दै प्राथमिकतालाई नै परिवर्तन गरिदियो। यसै सोच अन्तर्गत चरणबद्ध ढङ्गमा 1.40 लाख छात्राहरूलाई निःशुल्क साइकल उपलब्ध गराइनेछ।

कार्यक्रममा विधायक रविन्द्र सिंह नेगी, शिक्षा एवं खेल निदेशक नितिन जिन्दल, शिक्षक, अभिभावक एवं व्यापक रूपमा छात्राहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande