असमः पानीको ट्याङ्की सफा गर्दा निसास्सिएर चार जना श्रमिकहरूको मृत्यु, भवन मालिक हिरासतमा
असमः पानीको ट्याङ्की सफा गर्दा निसास्सिएर चार जना श्रमिकहरूको मृत्यु, भवन मालिक हिरासतमा


कछार (असम), 31 जुलाई (हि.स.)। असमको कछार जिल्लाको जयनगर कुमारपाड़ा क्षेत्रमा भएको एक पीड़ादायी दुर्घटनामा पानीको ट्याङ्की सफा गरिरहेका चार जना श्रमिकहरूको अक्सीजनको अभावमा निसास्सिएर मृत्यु भयो।

शुक्रवार प्राप्त जानकारी अनुसार चारै जना श्रमिकहरू एउटा भवनको पानीको ट्याङ्की सफा गर्नको लागि भित्र पसेका थिए। आशङ्का व्यक्त गरिएको छ, ट्याङ्कीभित्र अक्सीजनको अभावमा निसास्सिएर उनीहरूको घटनास्थलमै मृत्यु भएको हुनसक्छ।

घटनाको सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। यस मामिलामा घर मालिक गौतम पाललाई हिरासतमा लिएर जाँचबुझ गरिँदैछ। पुलिसले शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएर घटनाको विस्तृत जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande