
इटानगर, 31 जुलाई (हि.स.)। अरुणाचल प्रदेश सरकारले कानूनी, पेशावर औ क्वालिटी स्ट्याण्डर्ड्सको पालनलाई सुनिश्चित गर्नको लागि राज्यभरिका फार्मेसी तथा औषधि पसलहरूको जाँच गर्ने आदेश दिएकोछ।
अधिकारीहरू अनुसार यो आदेश 30 जुलाईको दिन हेल्थ सर्भिस डाइरेक्टरेट (ड्रग्स कन्ट्रोल एडमिनिस्ट्रेशन) असिस्टेन्ट ड्रग्स कन्ट्रोलर गेबम्ब तायेङ्गले जारी गरेका हुन्। यसमा सबै जोनल लाइसेन्सिङ्ग अथोरिटीज़ औ ड्रग कन्ट्रोलर अफिसर्सलाई आ-आफ्नो अधिकार क्षेत्रमा औषधि पसल, फार्मासिस्ट तथा औषधिसित सम्बन्धित संस्थानहरूको जाँच गर्ने आदेश दिइयो।
यो कदम राज्यभरिकै फार्मेसी संस्थानहरूमा गैर कानूनी औषधि पसलहरूको सञ्चालनलाई लिएर चिन्ता व्यक्त गरिएपछि उठाइएको हो।
आदेश अनुसार अधिकारीहरूसित भनिएको छ, उनीहरूले मालिकाना हक र कानूनी दस्तावेज, रजिस्टर्ड फार्मासिस्टहरूको नियुक्ति औ इन्फ्रास्ट्रक्चर, स्टोरेज सुविधा अनि परिसरको पर्याप्तताको जाँच गरुन्। उनीहरूले यो पनि हेरून् कि संस्थानले ड्रग्स एण्ड कस्मेटिक्स एक्ट, 1940 औ लागू राज्य नियमहरू प्रावधानहरूलाई पालन गरिरहेको छ कि छैन।
जाँचमा वैध औषधि लाइसेन्स, औषधि राख्ने स्थिति (जसमा कोल्ड-चेनको आवश्यकता सामेल छ), स्टक रजिस्टर, इनभोइस औ खरिदको रिकर्ड जाँच सामेल छन्।
अधिकारीहरूलाई एक्सपायर भइसकेको, नक्कली वा स्वीकृति बिनाका औषधिहरूलाई चिन्हित गर्ने, फार्मासिस्टहरूको योग्यता र स्टेट फार्मेसी काउन्सिलसित उनीहरूको रजिस्ट्रेशन जाँच गर्ने, आवश्यकता परेको ठाउँमा कामको घण्टा अवधि योग्य फार्मासिस्टहरूको उपस्थिति सुनिश्चित गर्ने निर्देश समेत दिइएको छ।
-
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा