
नयाँ दिल्ली, 31 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का दिल्ली प्रदेश अध्यक्ष एवं केन्द्रिय राज्य मन्त्री हर्ष मल्होत्राले शुक्रवार आम आदमी पार्टी (आआपा)- का नेता ताहिर हुसैनलाई न्यायालयले आजीवन कारावासको सजाय सुनाएकोमा स्वागत गरे।
दिल्ली प्रदेश अध्यक्ष हर्ष मल्होत्राले आज एक बयान जारी गरी भने, न्यायालयको फसेलापछि आआपको वास्तविक अनुहार सबै सामु छर्लङ्ग भएको छ कि आआपका गुण्डाहरूले पूर्वी दिल्लीमा कसरी दङ्गा फैलाएका छन् अनि आईबी अफिसर अङ्कित शर्माको ब्रुटल हत्या गरियो।
उनले भने, आआपका संयोचक अरविन्द केजरीवालले यस्ता गुण्डाहरूलाई पार्टीमा संरक्षण मात्र दिएका छैनन् जबकि उनीहरूलाई बचाउनको लागि पनि आफ्नो बल प्रयोग गर्दै आएका छन्।
हर्ष मल्होत्राले भने, हालैमा आआपका मानिसहरूले संसद भवनमा प्रवेश गर्ने प्रयास गरिरहेको दृश्य पनि सारा देशले देखिसकेको छ। उनले भने, आआपाको वास्तविक अनुहार अब दिल्ली मात्र होइन पञ्जाबका जनता सामु पनि स्पष्ट बएको छ। दिल्लीका जनताले पछिल्लो वर्ष नै आआपलाई दिल्लीबाट लखेटेका थिए। अब पञ्जाबका जनताले पनि उनीहरूलाई सत्ताच्युत पार्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा