स्वास्थ्य मन्त्री डा. शारद्वत मुखर्जीले गरे हल्दिया महकुमा अस्पतालको छड़्के निरीक्षण भ्रमण
स्वास्थ्य मन्त्री डा. शारद्वत मुखर्जीले गरे हल्दिया महकुमा अस्पतालको छड़्के निरीक्षण भ्रमण


मेदिनिपुर, 31 जुलाई (हि.स.)। पश्चिम बङ्गालका स्वास्थ्य मन्त्री डा. शारद्वत मुखर्जीले शुक्रवार बिहान हल्दिया महकुमा अस्पतालको छड़्के निरीक्षण गरे। अस्पतालको अव्यवस्थालाई देखेर उनले असन्तुष्टि व्यक्त गरे। यस अवधि उनले अस्पतालको अग्निशमन यन्त्र, साफ-सफाई औ अन्य परिसेवाहरूको जायजा लिए। त्यसपछि उनले केही आवश्यक निर्देश दिए।

स्वास्थ्य मन्त्रीले चिन्ता व्यक्त गर्दै भने, अस्पतालको पुरानो भवनको अवस्था चिन्ताजनक छ। उनले भने, राज्य सरकारले यस सम्बन्धमा चाँड़ै कदम उठाउनेछ। उनले हल्दिया विकास बोर्डका चेयरम्यान, महकुमा अधिकारी तथा सीएमओएचलाई 48 घण्टाभित्रमा अस्पताल भवनको स्थितिमाथि विस्तृत रिपोर्ट पठाउने निर्देश दिए। उनले यो पनि भने, नयाँं अस्पतालको भवन निर्माण हुनसमय लाग्नेछ।

मन्त्री डा. शारद्वत मुखर्जीले भने, आईओसी र हल्दिया पोर्ट अथोरिटी हस्पिटलको सहयोग लिइनुपर्छ ताकि औद्योगिक क्षेत्रका मानिसहरूलाई चिकित्सा परिसेवा प्राप्त गर्नमा कुनै समस्या नहोस्। यस अतिरिक्त उनले एचडीए ट्रमा सेन्टरलाई आगामी दुई महिनाभित्रमा खोल्ने आदेश पनि दिेए।

उनले केही अधिकारीहरूलाई काममा लापरवाही गरेकोमा शो कट नोटिस जारी गर्ने चेताउनी दिए। केन्द्र सरकारद्वारा उपलब्ध गराइएका धेरै वटा बेडहरूलाई उपयोग नगरेको देकेर रोष व्यक्त गर्दै विधायकको माध्यमबाट रिपोर्ट दिने आदेश दिए। यस अतिरिक्त उनले अस्पतालमा मोबाइल फोन लिएर आउनमा प्रतिबन्ध लगाउने अनि चिकित्सा परिसेवामा अनुशासनलाई पालन गर्नेमाथि बल दिए।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande