अविरल वर्षाले ग्रामीण जनजीवन प्रभावित
अविरल वर्षाले ग्रामीण जनजीवन प्रभावित


कोलकाता, 31 जुलाई (हि.स.)। बङ्गालको खाड़ीमा विकसित निम्न दबावको प्रभावले भइरहेको मुसलधारे वर्षाले पश्चिम मेदिनीपुर र झाड़ग्राम जिल्लाका ग्रामीण जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। एकातिर पश्चिम मेदिनीपुरको सबङ्ग क्षेत्रमा केलेघाई नदीको जलस्तर बढ़्नाले काठको पुल भत्किने अवस्थामा पुगेको छ भने अर्कोतिर झाड़ग्राम जिल्लाको गोपीबल्लभपुरमा लगातार पानी परिरहेकोले कच्चा घर भत्किएर केही पशुहरूको मृत्यु भएको छ। दुवै घटनाहरूले वर्षायाममा ग्रामीण क्षेत्रहरूको बुनियादी ढाँचा तथा आवास व्यवस्थाको गम्भीर स्थितिलाई उजागार गरेका छन्।

पश्चिम मेदिनीपुर जिल्लाको सबङ्गस्थित लाङ्गलकाटा क्षेत्रको केलेघाई नदी बढ़ेर माथि पुगेको छ। तीव्र धारासितै प्रचुर मात्रामा बगाएर ल्याएको जलकुम्भी काठको पुलमा पसेको छ जसले गर्दा पुलमाथि लगातर दबाव बढ़्दै गइरहेको छ। यो पुल पश्चिम र पूर्व मेदिनीपुरबीच सम्पर्कको प्रमुख माध्यम हो। स्थानीय मानिसहरूको भनाइ छ, यदि पुल क्षतिग्रस्तास्त भयो भने सबङ्गको विष्णुपुर ग्राम पञ्चायत क्षेत्रका केही गाउँहरूको सम्पर्क पूर्व मेदिनीपुरसित पूर्ण रूपले विच्छिन्न हुनेछ।

स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै ग्रामीणहरू प्रशासनको प्रतीक्षा नगरी आफै नदीमा उत्रे। तीव्र प्रवाहबीच बाँसको सहायताले पुल मुनि जमा भएको जलकुम्भीलाई हटाउने कार्य लगातार गरिँदैछ ताकि पुललाई भत्किनदेखि बचाउन सकियोस्। ग्रामीणहरूले प्रशासनसित तत्काल स्थायी समाधान तथा काठको पुलको सट्टा कङ्क्रीटको पुल बनाउने माग गरेका छन्।

यता झाड़ग्राम जिल्लाको गोपीबल्लभपुर-दुई विकास खण्डको कुलियाना ग्राम पञ्चायत अन्तर्गत बिहीवार पाटाजानिया गाउँमा लगातार वर्षाका कारण एउटा कच्चा घर भत्कियो। घटना हुँदा परिवारका सदस्यहरू सुरक्षित बाहिर निक्लिए, तर घरको अवशेषमा दबिएर एउटा गाई, तीन वटा सुँगुर तथा केही हाँस र कुखुराहरूको मृत्यु भएको छ। यसबाट प्रभावित परिवारहरूको आजीविकामाथि गम्भीर सङ्कट उत्पन्न भएको छ।

घटनाको सूचना पाउनसाथ गए बिहीवार अबेर साँझ भारतीय जनता पार्टी (भाजपा)-का स्थानीय मण्डल अध्यक्ष तापस सुई घटनास्थलमा पुगे अनि प्रभावित परिवारसित भेट गरी हरसम्भव सहयोग गर्ने अश्वासन दिए। उनले प्रशासनसित शीघ्र सर्वेक्षण गरी वास्तविक क्षतिको मूल्याङ्कन गर्ने, क्षतिपूर्ति प्रदान गर्ने, राहत सामग्री उपलब्ध गराउने तथा पात्र परिवारहरूलाई आवास योजना अन्तर्गत पक्का घर दिने माग गरे। उनले आरोप लगाए, अनेकौं गरीब परिवारहरू आज पनि आवाज योजनाको लाभदेखि वञ्चित छन् जसकारण प्रत्येक वर्ष वर्षाको मौसममा यस किसिमको घटना हुन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande