
गुवाहाटी, 31 जुलाई (हि.स.)। गुवाहाटी पुलिस आयुक्तालय अन्तर्गत दिसपुर थानाको ईजीपीडी टीमले चोरीको एउटा मामिलाको खुलासा गर्दै तीन जना मुख्य आरोपीहरूलाई पक्राउ गरेको छ। पुलिसले उनीहरूको कब्जाबाट 80 हजार रुपियाँ नगद जफत गरेको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान ससल निवासी बिक्रम बोड़ो (24), सिक्स माइल निवासी राहुल स्वर्गियारी (23) औ द्वारका नगर निवासी विश्वजीत राय (27)- को रूपमा भएको छ।
पुलिसले बताए अनुसार आरोपीहरूविरूद्ध कानूनसम्मत कारबाही शुरू गरिएको छ। मामिलाको जाँच भइरहेको छ भने पुलिसले अन्य पाटोहरूको पनि जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा