
शोणितपुर (असम), 31 जुलाई (हि.स.)। माथिल्लो असमका शिवसागर, चराइदेव औ जोरहाट जिल्लामेा आएको विनाशकारी बाढ़ी एक प्राकृतिक आपदा मात्र नभएर प्रकृतिप्रति मनुष्यको लापरवाहीको गम्भीर चेताउनी पनि हो। आज शोणितपुर जिल्लान्तर्गत रङ्गापाराको ताराजुली निवासी ज्योतिष सागरको नेतृत्वमा सादरी फिल्म सिटीका डाइरेक्टर-उमेश ताँती, अजय कर्मकार, जोनसिस पन्ना, रङ्गापारा प़ञ्चायत उपाध्यक्ष कुमार मल्लिक आदिको एक दल राहत सामग्री लिएर बाढ़ीग्रस्त मानिसहरूको माझमा पुग्यो।
बाढ़ी प्रभावितहरूले निजी स्तरमा गरिएको यस मद्दतको निम्ति उनीहरूप्रति आभार व्यक्त गरे। ज्ञात रहोस्, राज्यका विभिन्न भागहरूबाट मानिसहरूले भोजन, लता-कपड़ा, औषधि तथा अन्य आवश्यक सामग्रीहरू पठाएर मानवताको परिचय दिरहेका छन्। सङ्कटको यस घड़ीमा समाजको सामूहिक संवेदनशीलता र सहयोगको भावना प्रेरणादायक रह्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा