“नशा मुक्त भारत, नशा मुक्त अरुणाचल”: ब्रह्मकुमारीको दश करोड़ नशामुक्त शपथ मेगा अभियान आइतवारदेखि आरम्भ हुने
“नशा मुक्त भारत, नशा मुक्त अरुणाचल”: ब्रह्मकुमारीको दश करोड़ नशामुक्त शपथ मेगा अभियान आइतवारदेखि आरम्भ हुने


इटानगर, 31 जुलाई (हि.स.)। ब्रह्माकुमारीज़, इटानगरद्वारा “नशा मुक्त भारत, नशा मुक्त अरुणाचल”- को प्रेरणादायक राष्ट्रिय सङ्कल्प अन्तर्गत राज्य स्तरीय “10 करोड़ नशा-मुक्त शपथ मेगा अभियान” आगामी आइतवारदेखि ब्रह्मकुमारीज़ राजयोग केन्द्र, दिल्ली पब्लिक स्कूल निकट, जोलाङ्ग, इटानगरमा आरम्भ भइरहेको छ।

यस अवसरमा गृह एवं अन्तर-राज्य सीमा मामिलाका मन्त्री ममा नातुङ्ग मुख्य अतिथिका रूपमा उपस्थित रहनेछन्। पुलिस महानिदेशक शिव दर्शन सिंह जमवाल विशिष्ट अतिथिका रूपमा कार्यक्रममा सामेल हुनेछन् भने अनेकौं गणमान्य अतिथि, वरिष्ठ सरकारी अधिकारी, पुलिस प्रतिनिधि, समाजसेवी, शिक्षाविद्, युवा प्रतिनिधि, सामुदायिक नेता एवं नागरिक समाजका सदस्यहरूले पनि कार्यक्रममा भाग लिनेछन्।

यो अभियान ब्रह्मकुमारीज एवं भारत सरकारको गृह मन्त्रालय तथा सामाजिक न्याय एवं अधिकारिता मन्त्रालयबीच हस्ताक्षरित सम्झौता ज्ञापनको माध्यमबाट अझ बढ़ी महत्वपूर्ण हुनेछ।

अखिल भारतीय नशा मुक्त भारत अभियान एवं मिशन स्पन्दन अन्तर्गत आयोजना भइरहेको यस कार्यक्रमको मुख्य उद्देश्य नशामुक्त समाज निर्माणको निम्ति सामूहिक सङ्कल्पलाई सुदृढ़ बनाउनु तथा एक स्वस्थ, सुरक्षित, सशक्त एवं नशा-मुक्त समाज स्थापना गर्नु हो।

यो सहयोगात्मक ढाँचाले नशा उन्मूलनको राष्ट्रीय प्रयासमा जागरूकता, रोकथाम, सामुदायिक सहभागिता, पुनर्वास एवं सामाजिक पुनर्स्थापनको समन्वित प्रयासहरूको महत्वलाई रेखाङ्कित गर्दछ।

ब्रह्मकुमारीजको मान्यता छ, नशाविरूद्ध सङ्घर्ष कानून प्रवर्तनबाट मात्र सम्भव छैन। यसको लागि आत्म-जागरूकता, भावनात्मक दृढ़ता, मूल्य-आधारित शिक्षा, पारिवारिक सहयोग, सकारात्मक सङ्गति, स्वस्थ जीवनशैली एवं आध्यात्मिक सशक्तिकरण आवश्यक छ। राजयोग ध्यानको माध्यमबाट सङ्गठनले आन्तरिक स्थिरता, आत्म-नियन्त्रण, सकारात्मक चिन्तन तथा व्यक्तिको अन्तर्निहित गरिमा एवं आन्तरिक शक्तिको पुनर्जागरणलाई प्रोत्साहित गर्दछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande