जैविक अभियान र 'मेरो रुख मेरो सन्तति' योजना देशकै निम्ति अनुकरणीय: राज्यपाल
लोकभवनको आशीर्वाद हलमा आयाेजित समारोह


गान्तोक, 31 जुलाई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले 18औं राज्यपालको रूपमा आफ्नो दुई वर्षको कार्यकाल पूरा गरेका छन्। यस अवसरमा आज लोकभवनको आशीर्वाद हलमा एक समारोह आयोजन गरियो। समारोहमा सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायकगण तथा सिक्किम सरकारका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

कार्यक्रममा राज्यपालको बाहुलीद्वारा समाजको विभिन्न क्षेत्रका मानिसहरूलाई सम्मानित गरियो। सम्मानित हुनेहरूमा सबै जिल्लाको कक्षा 10 का टपर, प्रगितशील किसान, पुलिस कर्मी, सिक्किम ट्रेडिङ डेभलपमेन्ट कर्पोरेशनको बुर्तुक हेलीप्याड प्रबन्धक छिरिङ वाङ्मु सुब्बा र जूनियर ट्राफिक अधिकारी, बाघडोगरा हवाईअड्डा अर्जुन थापा सामेल थिए। साथै, लोकभवनमा कार्यरत शहरी विकास विभागका कर्मचारीहरूलाई पनि सम्मानित गरियो।

राज्यपालले भने, 'समाजको अन्तिम पङ्क्तिमा उभिएका मानिसहरूलाई सम्मानित गर्नु अत्यन्त प्रशन्नताको विषय हो।' उनले भने, '1952 देखि सार्वजनिक जीवनमा रहेपछि सिक्किमको राज्यपाल बन्न पाउनु सम्मानको कुरा हो।' उनले यहॉंका मानिसहरूको सराहना गर्दै छजना बोर्ड टपर्स् मध्ये पॉंच जना केहीहरू रहेकोमा खुशी व्यक्त गरे। उनले यसलाई प्रधानमन्त्रीको नारी सशक्तिकरणको भिजनको जीवन्त उदाहरण बताए।

राज्यपालले आफ्नो सम्बोधनमा सिक्किमको पर्यावरण अनुकूल नीतिहरूको पनि प्रशंसा गरे। यसैगरी, उनले राज्यको जैविक अभियान र 'मेरो रुख मेरो सन्तति' योजनालाई देशकै निम्ति अनुकरणीय बताए। यसका साथै उनले राज्यको फरेस्ट कभरेज, अनुशासित ट्राफिक र सीमामा तैनात वीर सैनिकहरूको बहादुरी पनि देशका लागि उदाहरण बताए।

कार्यक्रममा विधानसभा अध्यक्ष र मन्त्रीहरूले पनि आफ्ना विचारहरू राखेका थिए। यस अवसरमा विशेष अतिथिका रूपमा उपस्थित इन्टरनेशनल मेडिटेशन फाउण्डेशनका अध्यक्ष महामण्डलेश्वर स्वामी अद्वैतानन्द गिरीले आध्यात्मिक विचार सबै समक्ष प्रस्तुत गरेका थिए।

कार्यक्रमको शुरुवातमा राज्यपालका सचिव एवं आयुक्त जितेन्द्र सिंह राजेले विगत दुई वर्षका उपलब्धिहरूमाथि प्रकाश पारे। कार्यक्रममा संस्कृति विभागका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande