बाढ़ीले क्षतिग्रस्त वाहनहरूले पाउनेछन् बीमा धन, ऋण भुक्तानमा राहत पाउनेछन्: हिमन्त बिस्व सरमा
बाढ़ीले क्षतिग्रस्त वाहनहरूले पाउनेछन् बीमा धन, ऋण भुक्तानमा राहत पाउनेछन्: हिमन्त बिस्व सरमा


गुवाहाटी, 31 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बाढ़ी प्रभावित मानिसहरूको लागि केही महत्वपूर्ण राहत उपायहरूको घोषणा गरेका छन्। उनले भने, बाढ़ीले क्षतिग्रस्त वाहनहरूको लागि बीमा सुविधा उपलब्ध गराउने दिशामा सरकारले काम गर्नेछ। मुख्यमन्त्रीले शुक्रवार मन्त्रीमण्डलको बैठकपछि आयोजित सम्वाददाता सम्मेलनलाई सम्बोधन गरिरहेका थिए।

मुख्यमन्त्रीले बताए, आगामी 5 अगस्तको दिन बीमा कम्पनीहरूसित बैठक गरी क्षतिग्रस्त वाहनहरूको बीमा दाबीहरूमाथि चर्चा गरिनेछ। यसै दिन अब्याङ्किङ्ग वित्तीय कम्पनी (एनबीएफसी)-हरूसित पनि बैठक हुनेछ ताकि बाढ़ी प्रभावित मानिसहरूलाई ऋणको किकस्ता भुक्तान गर्नमा राहत दिन सकियोस्। निजी वित्तीय संस्थानहरूसित पनि राहत प्रदान गर्ने आग्रह गरिनेछ।

उनले भने, माथिल्लो असमका चार वटा जिल्लाहरूका अरुणोदय योजनाका लाभार्थीहरूले धरौटी नराखी ब्याङ्कहरूबाट ऋण लिन सक्नेछन्। यस ऋणको ब्याज उनीहरूको अरूणोदय योजना अन्तर्गत प्राप्त हुने मासिक सहायता राशिबाट समायोजित गरिनेछ।

मुख्यमन्त्रीले बताए, सड़क अनि बाँधहरूको मरम्मत कार्यको सर्वेक्षण पूरा भएपछि आगामी 1 सेप्टेम्बरदेखि शुरू गरिनेछ।

उनले भने, बाढ़ी प्रभावित क्षेत्रहरूमा आगामी 9 अगस्तदेखि विद्यालयहरूलाई पुनः खोल्ने योजना छ भने आगामी 7 अगस्तदेखि बाढ़ीबाट भएको नोक्सानको विस्तृत सर्वेक्षण शुरू हुनेछ जसलाई 15 दिनभित्रमा पूरा गर्ने लक्ष्यराखिएकोछ। सर्वेक्षणको आधारमै सबै पात्र बाढ़ी प्रभावितहरूलाई क्षतिपूर्ति दिइनेछ। उनी स्वयं माथिल्लो असमको बाढ़ी प्रभावित जिल्लाहरूको दौड़ाह गरी नोक्सानको जायजा लिनेछन्।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, प्रधानमन्त्रीले असमलाई कहिल्यै पनि सङ्कटमा छोड़्ने छैनन्। प्रधानमन्त्रीको पूर्ण सहयोग प्राप्त भएको छ। उनको समर्थनबाटै हामीले यी महत्वपूर्ण घोषणाहरू गरेका हौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande