
कोलकाता, 06 जुलाई (हि.स.)। दक्षिण 24 परगनाको बारुइपुरमा 11 वर्षीय नाबालिक छात्राको हत्या भएको मामिलामा पुलिसले थप एकजना आरोपीलाई पक्राउ गरेको छ भने अन्य तीन जना संदिग्धहरूलाई हिरासतमा लिएको छ। यस मामिलामा पक्रा पर्ने आरोपीहरूको सङ्ख्या बढ़ेर दुई पुगेको छ। पुलिसले हत्याको मामिला दर्ता गरी अतिरिक्त पुलिस अधीक्षकको नेतृत्वमा 6 सदस्यीय विशेष जाँच दल गठन गरेको छ। बारुइपुर थाना पुलिस पनि जाँचमा सामेल छ।
पुलिसले बतायो, पीड़ित परिवारले सामूहिक दुष्कर्मपछि हत्या भएको आरोप लगाएको छ, तर यसको पुष्टि गर्नको लागि पोस्टमर्टम रिपोर्टको प्रतीक्षा गरिँदैछ। पीड़िताको पोस्टमार्टम गए आइतवार राती गरिसकिएको छ।
जानकारी अनुसार गत शनिवार साँझदेखि बेपत्ता एघार वर्षीय छैटौं कक्षाकी छात्राको शव आितवार उसको घर नजिकैको तलाउमा बोरामा बन्द अवस्थामा भेटिएको थियो। घटनापछि क्षेत्रमा व्यापक आक्रोश फैलियो। स्थानीय मानिसहरूले सड़कमा शवलाई राखेर विरोध प्रदर्शन गरे।
घटनामा संलिप्त रहेको आशङ्कामा स्थानीय युवक इन्द्रजीत ताँती (26)-को भीड़ले कुटेर हत्या गरिदियो। तथापि पुलिसले अहिलेसम्म यो पुष्टि गरेको छैन कि उसको यस अपराधसित कुनै सम्बन्ध छ कि छैन। स्थितिलाई नियन्त्रण गर्न पुगेको पुलिस टीम र सञ्चार माध्यमका प्रतिनिधिहरूमाथि पनि हमला गरियो जसपश्चात ठूलो सङ्ख्यामा पुलिस बललाई तैनाथ गर्नुपऱ्यो।
स्थिति त्यसबेला मात्र शान्त भयो जतिबेला पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले मृत नाबालिकाका पितासित फोनमा बातचित गरेर दोषीहरूविरूद्ध कड़ा कारबाही गर्ने आश्वासन दिए। त्यसपछि पुलिसले तीव्र गतिमा कारबाही गर्दै स्थानीय निवासी प्रभात नामक व्यक्तिलाी पक्राउ गऱ्यो। पुलिस अनुसार उसलाई अन्तिम पटक मृत छात्रासित देखिएको थियो। उसित लगातार जाँचबुझ भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा