
ग्वालपाड़ा (असम), 06 जुलाई, (हि.स.)। असमको ग्वालपाड़ा जिल्ला अन्तर्गत धुपधरा क्षेत्रमा पुलिसले एकजना नाबालिकाको विवाह गराउने प्रयासलाई असफल बनाउँदै बेहुला सहित पाँच जना मानिसहरूलाई पक्राउ गरेको छ।
पक्रा पर्ने आरोपीहरूमा बेहुला, उसकाो भाइ, नाबालिकाका पिता तछा अन्य दुई जना मानिसहरू सामेल छन्। पुलिसले बाल विवाह भइरहेको सूचना पाउनसाथ तत्काल कारबाही गर्दै विवाह हुन दिएन। सबै आरोपीहरूलाई हिरासतमा लिइएको छ।
पुलिसले यस सम्बन्धमा मामिला दर्ता गरी जाँच शुरू गरेको छ। राज्यमा बाल विवाहविरूद्ध सञ्चालित अभियान अन्तर्गत दोषीहरूविरूद्ध कड़ा कारबाही निरन्तर भइरहने कुरा अधिकारीहरूले दोहोऱ्याए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा