डा. श्यामा प्रसाद मुखर्जीलाई राज्यपालले दिए श्रद्धाञ्जली, भने-राष्ट्रवादको आदर्शले सदैव प्रेरणा दिरहनेछ
डा. श्यामा प्रसाद मुखर्जीलाई राज्यपालले दिए श्रद्धाञ्जली, भने-राष्ट्रवादको आदर्शले सदैव प्रेरणा दिरहनेछ


कोलकाता, 06 जुलाई (हि.स.)। पश्चिम बङ्गालका राज्यपाल आरएन रविले डा. श्यामा प्रसाद मुखर्जीको 125औं जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गर्दै भने, सम्पूर्ण राष्ट्रले आज कृतज्ञता औ विनम्रताको साथमा यस महान राष्ट्रवादी नेता, दूरदर्शी चिन्तक औ प्रखर विद्वानलाई नमन गरिरहेको छ।

राज्यपालले सोमवार साेशल मीडिया प्लेटफार्म एक्समा आफ्नो सन्देशमा भने, डा. श्यामा प्रसाद मुखर्जीले भारतको इतिहासको अत्यन्त महत्वपूर्ण ुयुगमा राष्ट्रको एकता अनि अखण्डताको लागि आफ्नो जीवन समर्पित गरे। उनले भने, देश विभाजन कालमा भारतको एकात्मकतामाथि गम्भीर सङ्कट उत्पन्न भइरहेको बेला उनको दृढ़ तथा अडिग नेतृत्वले यो सुनिश्चित गऱ्यो कि पश्चिम बङ्गाल भारतको अभिन्न अङ्ग भयो।

उनले भने, जम्मू-कश्मीरलाई पूर्ण एकीकरण गर्ने उद्देश्यले डा. मुखर्जीले दिएको सर्वोच्च बलिदान भावी पिँढ़ीको लागि निरन्तर प्रेरणाको श्रोत बनिरहनेछ। उनले भने, वर्ष 2019- मा संविधानको अनुच्छेद 370 लाई समाप्त गरिनको साथै डा. मुखर्जीले लामो समयदेखिको सम्हालेर राखेको सङ्कल्पले मूर्त रूप पायो।

उनले आफ्नो सन्देशेमा विश्वास व्यक्त गरे, डा. श्यामा प्रसाद मुखर्जीको राष्ट्रवादी विचारधारा औ आदर्शले भविष्यमा पनि देश तथा पश्चिम बङ्गाललाई आगामी वर्ष 2047 सम्म विकसित भारत औ विकसित बङ्गाल निर्माणको दिशामा मार्गदर्शन गरिरहनेछ।

यस अवसरमा राज्यपाल आरएन रविले कोलकातास्थित लोक भवनमा डा. श्यामा प्रसाद मुखर्जीको चित्रमा पुष्पा़ञ्जली अर्पण गरी उनलाई विनम्र श्रद्धाञ्जली पनि दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande