असम विधानसभाको बजट सत्रको पहिलो दिन विपक्षले सदनभित्र प्लेकार्ड बोकेर प्रदर्शन गऱ्यो
असम विधानसभाको बजट सत्रको पहिलो दिन विपक्षले सदनभित्र प्लेकार्ड बोकेर प्रदर्शन गऱ्यो


गुवाहाटी, 06 जुलाई (हि.स.)। असम विधानसभाको बजट सत्रको पहिलो दिन साेमवार विपक्षले विभिन्न मागहरूलाई लिएर सदनमा रड़ाँको मचायो।विपक्षी दलहरूले पहिलो दिन नै विधानसभा अध्यक्षको सीट नजिकमा पुगेर प्लेकार्ड देखाउँदै विभिन्न नारा लगाएर विरोध प्रदर्शन गरे। पछि विपक्षी दलहरूले केही समयको लागि सदनबाट वकआउट गरे।

उल्लेखनीय छ, राइजर दल, कङ्ग्रेस औ एआईयूडीएफले सदनमा स्थगन प्रस्ताव पेश गरे औ सदनको सामान्य कार्यसूचीलाई स्थगित राखेर अलग-अलग उठाइएका मुद्दाहरूमाथि चर्चा गर्ने अनुरोध गरे। तर विधानसभा अध्यक्ष रञ्जीत कुमार दासले यस स्थगन प्रस्तावलाई अस्वीकार गरिदिए जसबाट विपक्षी दलहरूले अध्यक्ष समक्ष पुगेर विरोध गर्न शुरू गरे। एक समयमा उनीहरूले प्लेकार्ड बोकेर नारा लगाउँदै सदनको कार्यसूचीमा बाधा दिए अनि सदनबाट बाहिरिए।

कङ्ग्रेसको पक्षबाट विपक्षी दलका नेता वाजिद अली चौधरीले राज्यमा बिजुली कटौती, प्रायजसो बिजुली आपूर्ति ठप्प हुनु आदि जस्ता विषयहरूमा चर्चा गर्ने माग गर्दै स्थगन प्रस्ताव राखे। यसरी नै अखिल गोगोईले राज्यका सरकारी स्कूलहरूमा असामान्य रूपले नामाङ्कनको दर घटेको अनि विद्यार्थीहरूको सङ्ख्या कम भएको मुद्दामाथि चर्चा गर्ने माग गर्दै स्थगन प्रस्ताव पेश गरे।

अर्कोतिर एआईयूडीएफ पार्टीको पक्षबाट मजिबुर रहमानले बङ्गलादेशीहरूको नाममा आम मानिसहरूको उत्पीड़न गरेको आरोप लगाउँदै यस सन्दर्भमा बङ्गलादेशसित एक प्रत्यार्पण सम्झौता गर्ने निवेदन गर्ने तथा यस मामिलामा चर्चा गर्नको लागि सदनमा स्थगन प्रस्ताव पेश गरे।

तथापि यस मामिलामा अध्यक्ष रञ्जीत कुमार दासले भने, उक्त विषयहरूमा सदनको अघिल्लो दिनमा विभिन्न कार्यसूचीहरू अन्तर्गत चर्चा गर्न सकिन्छ जसबाट असन्तुष्ट सम्पूर्ण विपक्षले सदनबाट वकआउट गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande