प्रधानमन्त्री मोदीको ऐतिहासिक कार्यकालमा असम विधानसभाले दियो बधाई
प्रधानमन्त्री मोदीको ऐतिहासिक कार्यकालमा असम विधानसभाले दियो बधाई


गुवाहाटी, 06 जुलाई (हि.स.)। असम विधानसभाका अध्यक्ष रञ्जीत कुमार दासले सोमवार सदनको पक्षबाट प्रधानमन्दी नरेन्द्र मोदीलाई भारतको निर्वाचित प्रधानमन्त्रीको रूपमा लगातार सबैभन्दा लामो समयसम्म कार्यबार सम्हालेर ऐतिहासिक कीर्तिमान स्थापित गरेकोमा हार्दिक बधाई अनि शुभकामना दिए।

बजट सत्र अवधि आज सदनलाई सम्बोधन गर्दै अध्यक्षले भने, प्रधानमन्त्री मोदीले देशको लोकतान्त्रिक इतिहासमा नयाँ अध्याय जोड़्दै निर्वाचित प्रधानमन्त्रीको रूपमा सबैभन्दा लामो समयसम्म लगातार सेवा गरेको रेकर्ड बनाएका छन्। उनले यस उपलब्धिलाई देशको लागि गौरवको विषय बताउँदै असम विधानसभाको पक्षबाट उनलाई शुभकामना प्रेषित गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande