रेस्क्यू अपरेशन अवधि जङ्ली हात्तीको हमलामा परी फरेस्ट गार्ड घाइते
रेस्क्यू अपरेशन अवधि जङ्ली हात्तीको हमलामा परी फरेस्ट गार्ड घाइते


कामरूप (असम), 06 जुलाई (हि.स.)। कामरूप जिल्लान्तर्गत बोकोमा एक रेस्क्यू अपरेशन अवधि जङ्गली हात्तीको हमलामा परी एक जना फरेस्ट गार्ड गम्भीर रूपमा घाइते भएका छन्। यो घटना गए राति भएको हो।

वन अधिकारीहरूले सोमवार बताए, घाइते फरेस्ट गार्डको पहिचान कामरूप जिल्लाको हाजोस्थित रामदिया निवासी जयन्त कलिताको रूपमा गरिएको छ जो बोकोमा सिङ्गरा फरेस्ट डिभीजन अफिसमा तैनाथ छन्।

अधिकारीहरू अनुसार हात्तीको शावक फसेको सूचना पाएपछि वन विभागका कर्मचारीहरूले घटनास्थलमा पुगेर रेस्क्यू अपरेशन शुरू गरेका थिए। यसै अवधि एउटा जङ्गली हात्तीले अचानक कलितामाथि हमला गऱ्यो जसमा उनको छात्ती, जाङ्घ र खुट्टामा गम्भीर चोट लागेको छ।

क्षेत्रमा हात्तीको बथान आएको आवाज सुनेर स्थानीय मानिसहरूले वन विभागलाई सूचना दिएका थिए। फरेस्ट टीमले टर्च बालेर खोजी अभियान शुरू गऱ्यो जसावधि हत्तीले फरेस्ट गार्डमाथि हमला गऱ्यो।

कलितालाई तुरून्तै बोको प्राइमरी हेल्थ सेन्टरमा लगियो जहाँ उनको प्राथमिक उपचार गरिएपछि उन्नत उपचारका लागि उनलाई गुवाहाटी मेडिकल कलेज एण्ड हस्पिटल (जीएमसीएच)-मा रेफर गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande