
कोलकाता, 06 जुलाई (हि.स.)। पश्चिम बङ्गालका अधिकांश भागहरूमा आगामी 24 घण्टामा मौसमको स्वरूप फेरिनेछ। आञ्चलिक मौसम विज्ञान केन्द्र अनुसार दक्षिण बङ्गालदेखि उत्तर बङ्गालसम्म मेघ गर्जनसितै घना वर्षा अनि वज्रपात हुने प्रबल सम्भावना छ। दिनभरि आकाशमा कालो बादलले डेरा बनाउनेछ जसले गर्दा तापमना घट्नसक्छ।
मौसम विभागले उत्तर बङ्गालका जिल्लाहरूको लागि रेड अलर्ट जारी गर्दै अत्यन्त घना वर्षा हुने चेताउनी दिएको छ। अलिपुरद्वार, कुचबिहार, जलपाईगुड़ी, दार्जीलिङ औ कालेबुङमा मुसलधारे पानी परेको कारणले तल्लो क्षेत्रमा जलभराउ तथा हिमाली क्षेत्रमा पैह्लो जाने स्थिति उत्पन्न हुनसक्छ। प्रशासनलाई पूर्ण रूपमा सतर्क रहने तथा नदीहरूको जलस्तरमा लगातार निगरानी राख्ने निर्देश दिइएको छ।
महानगर कोलकाता समेत दक्षिण बङ्गालका जिल्लाहरू क्रमैले पूर्व एवं पश्चिम मेदिनीपुर, हावड़ा, हुगली तथा पश्चिम बर्धमानको बी-जोन सहित अन्य क्षेत्रहरूमा बिहानदेखिकै आंशिक रूपमा बादल छाउनेछ। कोलकाता तथा वरपरका क्षेत्रहरूमा सोमवार न्यूनतम तापमान 25 डिग्री सेल्सियस तथा अधिकतम तापमान 33 डिग्री सेल्सियस वरपर रहने अनुमान छ। हावामा नमीको स्तर अधिक रहेको कारणले वर्षापूर्व आद्रता कायम रहनेछ भने तीव्र हावा अनि वर्षापछि मौसम रमाइलो हुनेछ।
दुर्गापुरको बी-जोन तथा वरपरका औद्योगिक क्षेत्रहरूमा पनि आगामी दिनमा निरन्तर पानी परिरहने सम्भावना छ। मौसम विभाग मुताविक दक्षिण-पूर्वी दिशाबाट लगभग 11 मील प्रतिघण्टाको गतिले हावा चल्नेछ। मेघ गर्जनसितै वर्षा हुने सम्भावना 90 प्रतिशतभन्दा अधिक छ। आगामी दश दिनसम्म रोकिँदै वर्षा हुने सिलसिला जारी रहने आशा छ।
यस बीच खड़गपुर, बाँकुड़ा, झाड़ग्राम, पूर्व मेदिनीपुर औ विष्णुपुरमा आइतवार रातभरि घना वर्षा दर्ता गरियो। क्षेत्रमा विकसित निम्न दबावको प्रभावले यी क्षेत्रहरूमा आगामी केही दिनसम्म रोकिँदै वर्षा भइरहनसक्छ। मौसम विभागले तल्लो क्षेत्रमा जलभराउ तथा स्थानीय स्तरमा यातायात प्रभावित हुने आशङ्का व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा