नदीमा भेटिएको शवको पहिचान खोलियो, परिवारले लगायो हत्या भएको आरोप
नदीमा भेटिएको शवको पहिचान खोलियो, परिवारले लगायो हत्या भएको आरोप


सिलगढ़ी, 06 जुलाई (हि.स.)। महानन्द नदीमा भेटिएको युवकको शवको पहिचान खोलिएपछि मामिला गम्भीर भएको छ। मृतकको पहिचान 42 नम्बर वार्डस्थित भूपेन्द्रनगर निवासी सोनुको रूपमा भएको छ। परिवारले आफ्नो एकमात्र छोराको हत्या गरिएको आरोप लगाउँदै पुलिससित निष्पक्ष जाँच गर्ने माग गरेको छ।

परिजन अनुसार सोनू गए आइतवार बिहान घरबाट निक्लेपछि अबेर रातीसम्म पनि फर्केर आएनन्। चारैतिर खोजतलास गरियो। सोमवार बिहान सिकायत दर्ता गराउन भक्तिनगर थाना पुगिको परिवारलाई पुलिसबाट जानकारी प्राप्त भयो कि महानन्द नदीको लालमोहन मौलिक निरञ्जन घाटमा एकजना युवकको शव भेटिएको छ। पुलिसले शवलाई जिल्ला अस्पतालमा पठादिइयो जहाँ परिवारले शवको पहिचान सोनूको रूपमा गऱ्यो। छोराको मृत्यु परिवारमा वज्रपात परे झैं भएको छ।

मृतकको परिवारले आरोप लगाएको छ, सोनू पूर्ण रूपमा स्वस्थ अवस्थामा घरबाट निक्लेको थियो, त्यसैले उसको मृत्यु संदिग्ध परिस्थितिमा भएको छ। उनीहरूले हत्या भएको आशङ्का व्यक्त गर्दै थानामा लिखित सिकायत दर्ता गरी मामिलाको गहन जाँच गर्ने माग गरेका छन्।

पुलिसको भनाइ छ, हाल सबै पाटो र पक्षहरूको जाँच गरिँदैछ। यो पत्तो लगाउने प्रयास पनि गरिँदैछ कि मामिला हत्या हो वा आत्महत्या। शवलाई सोमवार पोस्टमर्टम गर्नको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande