चन्द्रकोणामा करेन्टको चपेटमा परी भाजपा कार्यकर्ताको मृत्यु, चार जना गम्भीर रूपमा घाइते
चन्द्रकोणामा करेन्टको चपेटमा परी भाजपा कार्यकर्ताको मृत्यु, चार जना गम्भीर रूपमा घाइते


पश्चिम मेदिनीपुर, 06 जुलाई (हि. स.)। जिल्लाको चन्द्रकोणा थाना अधिनस्थ बुड़ापाट-पाँचखुरी क्षेत्रमा सोमवार डा. श्यामा प्रसाद मुखर्जीको जयन्तीको अवसरमा पार्टीको झण्डा लगाउने क्रममा भएको दुर्घटनामा एकजना भाजपा कार्यकर्ताको मृत्यु भयो भने केशपुर-एक मण्डल अध्यक्ष सहित अन्य चार जना कार्यकर्ताहरू गम्भीर रूपमा घाइते भए।

प्राप्त जानकारी अनुसार डा. श्यामा प्रसाद मुखर्जीको जयन्तीको अवसरमा स्थानीय भाजपा कार्यकर्ताहरूले पार्टीको झण्डा लगाइरहेका थिए। यसै अवधि झण्डाको लौरो माथिबाट गुज्रिरहेको हाई-टेन्शन बिजुली लाइनको सम्पर्कमा पऱ्यो। करेन्टको चपेटमा परेर भाजपा कार्यकर्ता पापाई पान (26)- को घटनास्थलमै मृत्यु भयो भने केशपुर-1 मण्डल अध्यक्षसहित चार जना कार्यकर्ता गम्भीर रूपमा घाइते भए। स्थानीय मानिसहरू तथा भाजपा कार्यकर्ताहरूले घाइतेहरूलाई चन्द्रकोणा ग्रामीण अस्पतालमा पुऱ्याए जहाँ उनीहरूको उपचार भइरहेको छ।

दुर्घटना बारे सूचना पाएर घाटालका भाजपा नेता तन्मय दास चन्द्रकोणा ग्रामीण अस्पतालमा पुगे। उनले मृतक कार्यकर्तका परिवारसित भेट गरी शोक संवेदना व्यक्त गरे साथै अस्पतालमा भर्ती घाइतेहरूको अवस्था बारे जानकारी लिए। उनले चिकित्सकहरूबाट घाइतेहरूको समुचित उपचारको जानकारी पनि लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande