
जलपाईगुड़ी, 06 जुलाई (हि.स.)। राष्ट्रिय राजमार्गमा अवैध रूपमा ई-रिक्शा (टोटो) चलाएको आरोप उठेको छ जसको विरोधमा सोमवार फूलबाड़ीमा सिटी अटो चालकहरूले प्रदर्शन गरे। सिटी अटो ओनर्स यूनियनका सदस्यहरूले चालकहरूसित फूलबाड़ी बटतला मोड़मा केही समयसम्म सड़क जाम गरेर प्रशासनसित कारबाही गर्ने माग गरे।
सूचना पाएर फूलबाड़ी हाइवे ट्राफिक आउटपोस्ट औ न्यू जलपाईगुड़ी थाना पुलिस घटनास्थलमा पुग्यो। पुलिसको हस्तक्षेप पश्चात प्रदर्शनकारीहरूले जाम हटाए जसबाट यातायात सामान्य भयो।
प्रदर्शनकारीहरूको आरोप छ, सिलगढ़ीदेखि जोटियाकालीसम्म राष्ट्रिय राजमार्गमा केही टोटोहरूले वैध रूट परमिटलाई पालन नगरी यात्रीहरूको परिवहन गरिरहेका छन्। उनीहरूको भनाइ छ, यसबाट सड़क दुर्घटना हुने खतरा बढ़िरहेको छ भने अर्कोतिर वैध परमिट भएका सिटी अटो चालकहरूलाई आर्थिक नोक्सान खेप्न परिरहेको छ।
सिटी अटो यूनियनका चालक मोहम्मद रफिकुल हसनले भने, अवैध टोटोहरूको कारणले हिजोआज दुर्घटनाहरू भइरहेका छन्। मानिसहरूको ज्यान समेत गइरहेको छ। उनीहरूले आरोप लगाए, यी वाहनहरूको कारणले अटो चालकहरूको आयमा व्यापक कमी आएको छ जसबाट परिवारको खर्च साथै वाहनको किस्ता चुकाउन गाह्रो भइरहेको छ।
उनले बताए, यस मुद्दालाई लिएर कैयौं पटक सम्बन्धित विभागहरूमा सिकायत गरियो, तर अहिलेसम्म कुनै प्रभावकारी कारबाही भएको छैन। बाध्य भएर अटो चालकहरूलाई सड़कमा उत्रेर विरोध प्रदर्शन गर्न परेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा