
नयाँ दिल्ली, 06 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- को दिल्ली एकाईले सोमवार डा. श्यामा प्रसाद मुखर्जीको 125औं जयन्तीको अवसरमा उनको प्रतिमा स्थलमा पुष्पाञ्जली अर्पण गरी श्रद्धाञ्जली दिइयो तथा पौधरोपण पनि गरियो।
दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्राको नेतृत्वमा आयोजित कार्यक्रममा सङ्गठन महामन्त्री पवन राणा, दिल्ली विधानसभा अध्यक्ष विजेन्द्र गुप्ता, विधानसभा उपाध्यक्ष मोहन सिंह बिष्ट, दिल्ली सरकारमा मन्त्री प्रवेश साहिब सिंह, सांसद मनोज तिवारी, प्रदेश महामन्त्री विष्णु मित्तल, प्रदेश उपाध्यक्ष दिनेश प्रताप सिंह, गजेन्द्र यादव एवं योगिता सिंह, कोषाध्यक्ष सतीश गर्ग, पूर्व प्रदेश अध्यक्ष वीरेन्द्र सचदेवा, डा. हर्षवर्धन एवं आदेश गुप्ता, पूर्व प्रभारी श्याम जाजू, कार्यालय मन्त्री बृजेश राय तथा प्रदेश प्रवक्ता यासिर जिलानी सहित अनेकौं वरिष्ठ पदाधिकारी अनि कार्यकर्ताहरू उपस्थित थिए।
मल्होत्राले भने, डा. श्यामा प्रसाद मुखर्जी र उनको आदर्श प्रत्येक राष्ट्रवादी भारतीय, विशेषकर भाजपा कार्यकर्ताहरूको हृदयमा सदैव जीवित रहनेछ। उनले भने, डा. मुखर्जीले सत्ताभन्दा अधिक राष्ट्रहितलाई प्राथमिकता दिए अनि आफ्नो प्राणको बलिदान दिएर एक राष्ट्र, एक विधान -को सिद्धान्तलाई जन-जनसम्म पुऱ्याउने कार्य गरे।
उनले भने, डा. श्यामा प्रसाद मुखर्जीको जीवन राष्ट्रसेवा, अखण्ड भारत र राष्ट्रिय एकताप्रति समर्पणको प्रेरक उदाहरण हो। उनका विचार अनि आदर्शहरूले आज पनि देशका युवाहरू एवं कार्यकर्ताहरूलाई राष्ट्र निर्माणको लागि प्रेरित गर्छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा