परम पावन दलाई लामाले सिक्किमका जनताको हृदयमा अत्यन्त विशेष स्थान ओगटेका छन्: मुख्यमन्त्री
Dalai Lama


गान्तोक, 06 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका सम्पूर्ण जनता तथा आफ्नो व्यक्तिगत तर्फबाट परम पावन 14औं दलाई लामाले करुणा, प्रज्ञा, शान्ति र अहिंसाका शाश्वत मूल्यहरूद्वारा सम्पूर्ण मानवजातिलाई निरन्तर आलोकित तथा भावी पुस्ताहरूलाई प्रेरणा प्रदान गरिरहुन् भनी प्रार्थना गरेका छन्।

मुख्यमन्त्रीले परम पावन 14औं दलाईको 91औं जन्म दिवसको अवसरमा आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा लेखेका छन्, 'गहिरो श्रद्धा, असीम हर्ष र हार्दिक भक्तिभावका साथ सिक्किमका जनताले विश्वभरका करोडौँ श्रद्धालु तथा शुभेच्छुकहरूसँग मिलेर परम पूजनीय १४औँ दलाई लामाको ९१औँ जन्मजयन्ती मनाइरहेका छन्। यस पवित्र तथा अत्यन्त शुभ अवसरमा उहाँको सुस्वास्थ्य, दीर्घायु, असीम सुख-समृद्धि र चिरस्थायी शान्तिको लागि हामी हार्दिक प्रार्थना गर्दछौँ।'

उनले परम पावन दलाई लामाले सिक्किमका जनताको हृदयमा अत्यन्त विशेष स्थान ओगटेको उल्लेख गर्दै मुख्यमन्त्रीले राज्यका जनतामाथि सधैँ प्रदान गरेका असीम करुणा, आध्यात्मिक मार्गदर्शन तथा अपार स्नेहप्रति सधैँ कृतज्ञ रहने बताएका छन्।

परम पावनले आफ्नो असीम प्रज्ञा, करुणा र निःस्वार्थ प्रेमद्वारा सम्पूर्ण मानवजातिको मार्गलाई निरन्तर आलोकित गरिरहुन् भनी प्रार्थना गरेका छन्। उनको प्रेरणाले भावी पुस्ताहरूले शान्ति, अहिंसा, विश्व बन्धुत्व र सद्भावका शाश्वत आदर्शहरूलाई आत्मसात् गर्दै सबै प्राणीहरूको जीवनमा आशा र कल्याणको सन्देश फैलाइरहून् भन्ने हाम्रो हार्दिक कामना पनि गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande