असम विधानसभाका उपाध्यक्ष निर्विरोध निर्वाचित भए डा. हाब्बे टेरोन, मुख्यमन्त्रीले दिए बधाई
असम विधानसभाका उपाध्यक्ष निर्विरोध निर्वाचित भए डा. हाब्बे टेरोन, मुख्यमन्त्रीले दिए बधाई


गुवाहाटी, 06 जुलाई, (हि.स.)। असमका मुख्यमंत्री डा. हिमन्त बिस्व सरमाले आज असम विधानसभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकोमा डा. हाब्बे टेरोनलाई हार्दिक बधाई अनि शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, पर्वतीय क्षेत्र तथा नवगठित आमरी विधानसभा क्षेत्रका प्रतिनिधिको रूपमा डा. टेरोनले सदैव निष्ठा, इमानदारी औ दायित्वबोधको साथमा जनसेवा गरेका छन्। उनले विश्वास व्यक्त गरे, नयाँ जिम्मेवारीमा पनि उनले आफ्नो दक्षता, दूरदर्शिता अनि समर्पणको साथमा दायित्वहरू निर्वहन गर्नेछन् तथा असम विधानसभाको गौरवशाली लोकतान्त्रिक परम्पराहरूलाई अझ अधिक सशक्त बनाउनेछन्।

मुख्यमन्त्रीले डा. टेरोनको कार्यकालको सफल, प्रभावी औ स्मरणीय हुने कामना गर्दै उनलाई पुनः शुभकामना दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande