
बरपेटा (असम), 06 जुलाई (हि.स.)। असमको बरपेटा जिल्ला अन्तर्गत मन्दिया बजारमा बितेको राती भएको भयानक आगलागीको घटनामा केही व्यवसायिक प्रतिष्ठानहरू जलेर खरानीमा परिणत भएको छ। यस आगलागीमा लाखौं रुपियाँको सम्पत्ति जलेर नष्ट भएको बताइएको छ।
प्राप्त जानकारी अनुसार आगो शर्ट सर्किटको कारणले लागेको आशङ्का व्यक्त गरिँदैछ। आगलागीपछि स्थानीय मानिसहरूले तत्काल आगोलाई निभाउने प्रयास गरे साथै अग्निशमन विभागलाई पनि घटनाको सूचना दिए।
सूचना पाउनसाथ अग्निशमन विभागको एक टीम घटनास्थलमा पुग्यो। स्थानीय मानिसहरूको सहयोगले कड़ा परिश्रम गरी आगोलाई नियन्त्रण गरियो। यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन। आगलागीबाट भएको नोक्सानको मूल्याङ्कन गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा