उपराज्यपालले पोस्को एक्टका सबै मामिलाहरूमा तत्काल कारबाही गर्ने निर्देश दिए
उपराज्यपालले पोस्को एक्टका सबै मामिलाहरूमा तत्काल कारबाही गर्ने निर्देश दिए


नयाँ दिल्ली, 06 जुलाई (हि.स.)। उपराज्यपाल तरनजीत सिंह सन्धूले सोमवार दिल्ली पुलिस आयुक्तलाई पोस्को एक्ट अन्तर्गत दर्ता सबै मामिलाहरूमा सम्बन्धित विभागहरूबीच तामेल राखी तत्काल तथा पूर्ण कारबाही सुनिश्चित गर्ने निर्देश दिएका छन्। उनले भने, प्रस्तावित उपायहरूलाई 'बाल संरक्षण महिना'-मा मात्र नभएर सदैव प्राथमिकताको रूपमा लागू गरियोस्।

दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले सोमवार 'बाल संरक्षण महिना' -को अवसरमा विभिन्न विभागहरूद्वारा सञ्चालित पहल तथा अभिानहरूको समीक्षा बैठक गरे। बैठकमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, मुख्य सचिव राजीव वर्मा, दिल्ली पुलिस आयुक्त सतीश गोलचा औ अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए। सो जानकारी सोशल मीडिया अकाउन्ट एक्समा साझा गरिएको छ।

बैठकमा उपराज्यपालले पहिलो पटक अपराध गर्ने किशोरहरूको काउन्सिलिङ्ग तथा पुनर्वासमाथि बल दिँदै भने, उनीहरूले सुध्रिने औ समाजको मुख्यधारामा फर्किने अवसर पाउनुपर्छ। उनले हरेक बाल-बालिकाको सुरक्षाको पहिलो भागको रूपमा माता-पिता तथा शिक्षकहरूको महत्वपूर्अम भूमिकालाई रेखाङ्कित गरे। उनले प्रत्येक बाल-बालिकाको सुरक्षा, सम्मान औ भलाईप्रति सरकारको अटुट प्रतिबद्धतालाई दोहोऱ्याए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande