उपराज्यपाल पुगे आरके पुरम स्थित ‘काँची कामकोटी पीठम सांस्कृतिक केन्द्र’
उपराज्यपाल पुगे आरके पुरम स्थित ‘काँची कामकोटी पीठम सांस्कृतिक केन्द्र’


नयाँ दिल्ली, 06 जुलाई (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धू सोमवार आरके पुरमस्थित ‘काँची कामकोटी पीठम सांस्कृतिक केन्द्र’-मा पुगे। यहाँ उनले शङ्कर विजयेन्द्र सरस्वती स्वामीगलसित अत्यन्त ज्ञानवर्धक सम्वाद गरे। उनले यस आशयको जानकारी सोशल मीडिया अकाउन्ट एक्समा साझा गरे।

उपराज्यपालले केन्द्रद्वारा आध्यात्मिक धरोहरको संरक्षण, सामुदायिक सेवालाई प्रेरित गर्ने तथा युवा अनि महिलाहरूलाई सशक्त बनाउनको लागि गरिरहेको समर्पित प्रयासहरूको सराहना गरे। उनले भने, स्वामीजी शान्ति, सद्भाव औ आध्यात्मिकताको शाश्वत सन्देश हुन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande