नाबालिकासित दुष्कर्म गरेको आरोपमा युवक पक्राउ
नाबालिकासित दुष्कर्म गरेको आरोपमा युवक पक्राउ


मालदा, 06 जुलाई (हि.स.)। जिल्लाको इङ्गलिश बजार थाना क्षेत्रमा एकजना नाबालिकासित दुष्कर्म गरिएको गम्भीर मामिला प्रकाशमा आएको छ। पीड़ितालाई गम्भीर अवस्थामा मालदा मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ भने आरोपी युवकलाई पुलिसले पक्राउ गरेको छ। आरोपीको पहिचान शेख रबीउल (30)- को रूपमा भएको छ।

सोमवार पुलिस सूत्रबाट प्राप्त जानकारी अनुसार इङ्गलिश बजारको यदुपुर क्षेत्र निवासी पीड़िता तथाआरोपी एउटै टोलमा बस्छन्। पीड़ित परिवारको सिकायत मुताविक गए आइतवार अपरान्ह आरोपीको घरमा कोही पनि थिएन। यसै अवसरको लाभ उठाउँदै उसले छैटौं कक्षामा अध्ययनरत् छात्रालाई कुनै बहाना बनाएर आफ्नो घरमा बोलायो अनि त्यहाँ उसको यौन उत्पीड़न गऱ्यो। घटनापछि नाबालिका एक्लै आफ्नो घरमा फर्केकी थिई। उसको बिग्रिएको शारीरिक स्थितिलाई देखेर परिवारका सदस्यहरूले जाँचबुझ गरे जसपश्चात उसलाई तत्कालै मालदा मेडिकल कलेजमा भर्ती गराइयो। यसबीच आरोपी भागेर बिहार पुग्यो। परिवारको लिखित सिकायत पश्चात पुलिसले विशेष टीम गठन गरी उसलाई खोज्न शुरू गऱ्यो।तकनिकी निगरानीको मद्दतले गए आइतवार राती नै बिहारको पूर्णिया जिल्लाबाट उसलाई समातियो।

सोमवार आरोपीलाई पुलिस रिमाण्डमा राख्ने माग सहित मालदा जिल्ला अस्पतालमा पेश गरियोष

यस सम्बन्धमा मालदाका अतिरिक्त पुलिस अधीक्षक मकसूद हसनले भने, सिकायत प्राप्त हुनसाथ तत्परताले विशेष टीम गठन गरी आरोपीलाई बिहारबाट पक्राउ गरिएको छ। मामिलामा शीघ्र सुनवाई सुनिश्चित गरी दोषीलाई कड़ा सजाय दिलाउने प्रयास गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande