सड़क दुर्घटनामा एक जना व्यक्तिको मृत्यु
सड़क दुर्घटनामा एक जना व्यक्तिको मृत्यु


गुवाहाटी, 06 जुलाई (हि.स.)। गुवाहाटीको वशिष्ठ थाना क्षेत्रस्थित राष्ट्रिय राजमार्ग- 27 मा भएको सड़क दुर्घटनामा एक जना व्यक्तिको घटनास्थलमै मृत्यु भयो।

पुलिसले सोमवार बतायो, थाना क्षेत्रको राष्ट्रिय राजमार्गमा हिट एण्ड रन मामिलाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले बाइक चालकको शवलाई कब्जामा लियो।

मृत बाइक चालकको पहिचान सिपाझारका यदुमनी नाथको रूपमा गरिएको छ। पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एण्ड अस्पतालमा पठाइदिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी दुर्घटनामा सामेल वाहनलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande