मोरान-खटखटी राष्ट्रिय राजमार्गमा भयानक सड़क दुर्टघना, एकजनाको मृत्यु, पाँच जना घाइते
मोरान-खटखटी राष्ट्रिय राजमार्गमा भयानक सड़क दुर्टघना, एकजनाको मृत्यु, पाँच जना घाइते


डिब्रुगढ़ (असम), 06 जुलाई (हि.स.)। मोरान-खटखटीको छेउमा राष्ट्रिय राजमार्ग-37 मा बितेको राती भएको एक भयानक सड़क दुर्घटनामा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने एकजना बालक र महिला सहित पाँच जना मानिसहरू गम्भीर रूपमा घाइते भए। एउटा द्रूत गतिको कार र यात्री अटो आपस्तमा ठोक्किएर यो दुर्घटना भएको हो।

मृतकको पहिचान बीरेन भूमिजको रूपमा भएको छ। दुर्घटना भएको तत्कालैपछि स्थानीय मानिसहरू अनि पुलिसले संयुक्त रूपमा राहत एवं बचाउ भइयान सञ्चालन गरी सबै घाइतेहरूलाई उपचारको लागि अस्पतालमा पुऱ्याए।

स्थानीय मानिसहरूको आरोप छ, स्विफ्ट डिजायर कारको चालक कथित रूपमा मातेको कारणले वाहन अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको बताइएको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande