
सिलगढ़ी, 06 जुलाई (हि.स.)। उत्तर बङ्गाल विश्वविद्यालयमा सेन्टर फर फ्लोरीकल्चर एण्ड एग्री बिजनेस म्यानेजमेन्ट (कोफाम) र भारतीय किसान सङ्घको संयुक्त तत्वावधानमा 'खेत बचाऔं अभियान' अन्तर्गत जैविक खेतीमाथि सोमवार एक दिवसीय कार्यशालाको आयोजन गरियो। कार्यक्रमको उद्देश्य रासायनिक उर्वरक अनि कीटनाशकहरूको उपयोगलाई घटाएर जैविक कृषिलाई प्रेरित गर्नु तथा किसानहरूलाई दिगो खेतीको लागि प्रशिक्षित गर्नु थियो।
डा. श्यामा प्रसाद मुखर्जीको जयन्तीको अवसरमा माल्यार्पण गरी राज्यका प्रतिमन्त्री आनन्दमय बर्मनले कार्यक्रमको शुभारम्भ गरे। यस प्रशिक्षण शिविरमा उत्तर बङ्गालका विभिन्न जिल्लाहरूबाट आएका किसानहरूले भाग लिए अनि जैविक खेतीको आधुनिक तकनिक बारे जानकारी प्राप्त गरे।
आयोजकहरू अनुसार कार्यशालाको उद्देश्य किसानहरूलाई रसायन-मुक्त कृषि उत्पादनको लागि प्रोत्साहित गर्नु हो। समाजमा जैविक खेतीप्रति जागरूक बढ़ाउनु हो।
कोफामका सदस्यहरूले बताए, राज्य सरकारद्वारा फूड प्रोसेसिङ्ग यूनिट औ हर्टिकल्चर हब विकसित गर्ने दिशामा गरिएका प्रयासहरूलाई ध्यानमा राख्दै यस पहलको आयोजन गरिएको हो।
यस अवसरमा प्रतिमन्त्री आनन्दमय बर्मनले भने, भारत एक कृषि प्रधान देश हो। किसानहरूको आय बढ़ाउने तथा कृषिलाई वैज्ञानिक तकनिकसित जोड़्नको लागि सरकारले लगातार कार्य गरिरहेको छ। उनले भने, बजटमा पनि कृषि क्षेत्रलाई प्राथमिकता दिइएको छ। यस्तो प्रशिक्षण कार्यक्रमले किसानहरूलाई जैविक खेती अप्नाउनको लागि प्रेरित गर्नेछ जसबाट दिगो र सुरक्षित कृषि व्यवस्थाले प्रेरणा पाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा