डा. श्यामा प्रसाद मुखर्जीको 125औं जयन्तीमा सेवा अभियान
डा. श्यामा प्रसाद मुखर्जीको 125औं जयन्तीमा सेवा अभियान


सिलगढ़ी, 06 जुलाई (हि.स.)। भारतीय जनसङ्घका संस्थापक डा. श्यामा प्रसाद मुखर्जीको 125औं जयन्तीको अवसरमा सोमवार नक्सलबाड़ी मण्डल भाजपाद्वारा विभिन्न सेवा एवं जनकल्याणकारी कार्यक्रम आयोजना गरियो।

यस अवसरमा नक्सलबाड़ी स्थित बीडीओ कार्यालय परिसरमा साफ-सफाई अभियान सञ्चालन गरियो जसावधि वृक्षरोपण पनि गरियो। यस अतिरिक्त थाना परिसर सामु स्थापित महापुरूषहरूका प्रतिमाहरूलाई सफा गरेर उनीहरूलाई माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरियो।

अर्कोतिर भाजपा युवा मोर्चाको पक्षबाट दिनभरि ट्राफिक पुलिस कर्मीहरूलाई आवश्यक किट वितरण गर्ने कार्यक्रम पनि आयोजना गरियो।

कार्यक्रममा नक्सलबाड़ी मण्डल भाजपाका पदाधिकारी एवं कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो।

नक्सलबाड़ी मण्डल भाजपाका अध्यक्षले भने, डा. श्यामा प्रसाद मुखर्जी देशका लागि एकजना प्रेरणाश्रोत तथा पथप्रदर्शक हुन्। उनले भने, पार्टीले उनका आदर्श अनि मार्गदर्शनलाई शिरोपर गर्दै समाज सेवाका कार्यहरू गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande